जेल जाने भए तीन पूर्व आईजीपीहरु


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

सर्वोच्च अदालतले सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाएको छ । सर्वोच्च अदालतले नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई जेलसजाय र जरिवानाको सजाय सुनाएको छ ।

सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको हो ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले प्रहरी बन्दोबस्तीको सामान खरिदको क्रममा भएको बहुचर्चित सुडान मिसन भ्रष्टाचार मुद्दामा अन्तिम फैसला सुनाएको हो ।

अदालतको फैसलामा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको छ ।

तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरिएको छ ।अन्य आरोपीलाई सर्वोच्चले सफाइ दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com