राजधानी दाङ राख्ने प्रस्तावको विरुद्धमा कांग्रेसद्वारा भोलि रुपन्देही बन्द, आज राँके जुलुस !


प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार

प्रदेश ५ को नामाकरण र स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलनको तयारी गरेको छ । कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।

शुक्रबार बसेको २ घण्टा लामो बैठकपछि कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले विरोध स्वरुप राँके जुलुस, चक्का जाम तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु रहेको जानकारी गराउनु भयो ।

प्रदेश सभामा शुक्रबार प्रदेश नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश भएसँगै बुटवलका विभिन्न ठाउँमा टायर बालेर विरोध जनाएको कांग्रेसले आज साँझ राँके जुलुस प्रर्दशन गर्ने भएको छ । खाँण अनुसार कांग्रेसले भोली जिल्ला बन्द गर्ने साथै नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन गर्ने भएको छ । उहाँले विद्यार्थी नेताहरुलाई उग्र क्रियाकलाप नगर्न आग्रह गर्नुभएको छ । शुक्रबार नै पार्टी सभापती अब्दुल रज्जाकले विज्ञप्ती जारी गर्दै कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको थियो ।

राजधानी सार्ने प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाउने नेकपाको निर्णय

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुने निश्चित भएपछि सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश सभा सदस्यहरुलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप गर्ने भएको छ ।  शुक्रबार प्रदेश ५ को प्रदेश सभामा आन्तरिक मामिला तथा कानून मन्त्री कुप्रसाद केसीले पेशको गरेको प्रस्तावका बारेमा छलफल गर्न बसेको सत्तारुढ दलको ६ घण्टा लामो बैठकले ह्विप जारी गर्ने निर्णय गरेको हो ।

प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बताउनु भयो ।  सांसदहरुले पार्टीको निर्देशन अस्विकार गरे पार्टीबाट निस्कासन गरिने चेतावनी दिँदै उहाँले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव स्वीकृत हुने दाबी गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com