प्रदेश ५ को ‘स्थायी राजधानी- दाङ, नाम- लुम्बिनी’


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

प्रदेश–५ को स्थायी राजधानी दाङको राप्ती गाउँपालिकास्थित भालुवाङ र नाम लुम्बिनी रहने गरी प्रस्ताव पेश भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेका हुन् ।

यसअघि केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति जुटेपछि प्रदेश सरकारले निर्णय गरेको हो । नेकपाका प्रदेश– ५ इन्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले दाङमा राजधानी बनाउनका लागि लबिङ गरिरहेका थिए । उनी पनि दाङकै स्थायी बासिन्दा हुन्। नेकपा महासचिव विष्णु पौडेल लगायतका नेता भने प्रदेश राजधानी बुटवललाई बनाउने पक्षमा थिए ।

प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित गरेपछि प्रदेशको स्थायी राजधानी र नामको अन्तिम टुंगो लाग्नेछ । प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

भालुवाङ बजार बुटवलबाट करिब १०५ किलोमिटर पश्चिम राप्ती नदीको किनारमा अवस्थित छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने यो बजारबाट नेपालगञ्जको दुरी करिब १५८ किलोमिटर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपाका शीर्ष नेताहरु भालुवाङ बजारलाई प्रदेश राजधानी बनाउन सहमत भएपछि प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने भएको हो । गाउँपालिकामा प्रदेश राजधानी तोक्ने प्रदेश ५ पहिलो प्रदेश हो ।

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा, २ को जनकपुर उपमहानगरपालिकामा, बागमतीको हेटौंडा उपमहानगरपालिकामा, गण्डकीको पोखरा महानगरपालिकामा, कर्णालीको वीरेन्द्रनगर उपमहानगरपालिकामा र सुदूरपश्चिमको गोदावरी नगरपालिकामा स्थायी राजधानी तोकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com