अब अतिरिक्त शुल्कमा ३० दिनमा वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न पाउने


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

अमेरिकी संसदले अब आई १४० र आई १२९ आवेदनका साथमा अब विभिन्न भिसा थप्दा वा भिसाको स्टाटस बदल्दा भरिने आई ५३९ आवेदन र वर्क परमिटको आई ७६५ आवेदनमा समेत युएससीआईएसले शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस अपनाउन सक्ने गरी मापदण्ड पारित गरेको छ । यस्तो मापदण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरिसकेका छन् ।

मापदण्डले निश्चित आवेदनमा अतिरिक्त शुल्क तिरेर छिटो निर्णय गराउन सक्ने युएसीआईएसको कार्यक्रमलाई स्थायी रुपमा थप गरेको छ भने अतिरिक्त आवेदनमा समेत शीघ्र प्रकृया अपनाउन सकिने प्रावधान ल्याएको छ । तर शीघ्र प्रकृयाका लागि भने शुल्कबृद्धि गरिएको छ ।

रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई १४० का लागि अहिलेसम्म १४४० डलर शीघ्र प्रकृया शुल्क रहेकोमा अब युएससीआईएसले उक्त आवेदनका लागि २५ सय डलर शुल्क लिनेछ । उक्त शुल्क लिएपछि युएससीआईएसले १५ दिनभित्र उक्त आवेदनबारे निर्णय दिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्री अन्तरगत बहुराष्ट्यि मेनेजर, राष्ट्रिय चासोको छुट र चिकित्सकहरुका सन्दर्भमा पनि अब शीघ्र प्रकृया शुल्क बढीमा २५ सय डलरसम्म हुनेछ । शीघ्र पकृया शुल्क तिरेपछि यी आवेदनहरुमा युएससीआईएसले ४५ दिनभित्र निर्णय दिनेछ ।

त्यस्तै कामदार भिसाका आवेदन आई १२९ का लागि पनि शीघ्र प्रकृया शुल्क २५ सय डलर कायम गरिएको छ । अतिरिक्त शुल्क तिरेपछि यी आवेदनमा युएससीआईएसले १५ दिनभित्र निर्णय दिनेछ ।

एफ, जे र एम भिसामा स्टाटस परिवर्तन गर्दा वा भिसा थप गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।

त्यस्तै ई, एच, एल, ओ, पी र आरका डिपेन्डेन्टहरुका भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।

वर्क परमिटको आवेदनमा समेत यो सुविधा ल्याइएको छ । वर्क परमिट आवेदनमा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।

शीघ्र प्रकृयाको कानुन तत्कालै लागु हुने बताइएपनि यसरबारे युएससीआईएसले छुट्टै सुचना प्रकाशित गर्ने अपेक्षा गरिएको छ । थपिएको शीघ्र प्रकृया कार्यक्रम आवेदकका लागि कहिलेदेखि उपलब्ध हुने भन्ने सन्दर्भमा युएससीआईएसले निकट भविश्यमा जानकारी गराउनेछ । तर निश्चित प्रकारका आई १४० र आई १२९ आवेदनमा भने अहिले पनि शीघ्र प्रकृया उपलब्ध छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com