शुल्कबृद्धि रोक्ने अदालतको आदेश कार्यान्वयन, ‘पुरानै शुल्क र फर्म लिन्छौं’ – युएससीआईएस


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

अमेरिकाका संघीय न्यायाधिसले युएससीआइएसलाई शुल्कबृद्धिमा लगाएको रोक युएससीआईएसले कार्यान्वयन गरेको छ । शुल्कबृद्धि रोक्ने अदालतको आदेश जारी रहँदासम्म पुरानै शुल्क र आवेदनका पुरानै संंस्करणहरु स्वीकार गरिने युएससीआईएसले जनाएको छ ।

अमेरिकी सरकारको युएससीआईएसले अक्टोबर २ शुक्रबारदेखि अमेरिकी नागरिकता लगायतका कैयन आवेदनमा शुल्कबृद्धि गर्न लागेको थियो । संघीय न्यायाधिसले प्राथमिक निरोधक आदेश जारी गर्दै युएससीआईएसलाई शुल्कबृद्धिमा रोक लगाएका हुन् ।

प्राथमिक निरोधक आदेश कार्यान्वयनमा रहँदासम्म युएससीआईएसले नयाँ शुल्क लागु गर्न नपाउने र्भएपनि यसबारे युएससीआईएसले कुनै प्रतिकृया जनाएको थिएन । तर आज अदालतको आदेश कायम रहँदासम्म पुरानै शुल्क लिने स्पष्ट पारेको हो ।

मंगलबार नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाका न्यायाधिस जेफरी ह्वाइटले नयाँ शुल्कबृद्धि कार्यान्वयनमा रोक लगाएका हुन् । न्यायाधिसको आदेश देशब्यापी रुपमा लागु भएको छ । तर सरकारले नाइन्थ सर्किट कोर्टबाट शुल्कबृद्धिको नियम कार्यान्वयको माग गर्दै पुनरावेदन गर्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म अमेरिकी नागरिकता आवेदन एन ४०० का लागि अनलाइन आवेदन शुल्क ६४० रहकोमा ५२० डलर बढाएर ११६० डलर लागु गर्न लागिएको थियो । त्यस्तै कागजीरुपमा फाइल गर्नेहरुले भने ११७० डलर लागु गर्न लागिएको थियो । अहिलेको प्रावधान अनुशार नागरिकता आवेदन कागजी रुपमा फाइल गर्नका लागि कम आम्दानी हुनेलाई ३२० डलर र अरुलाई ६४० डलर शुल्क रहेको छ ।

आफन्तका लागि ग्रिनकार्ड आवेदन आई १३० फाइल गर्दा अहिलेसम्म ५३५ डलर शुल्क रहेकोमा नयाँ शुल्क अनलाइन फाइल गर्दा ५५० डलर र कागजी फाइल गर्दा ५६० डलर लागु गर्न लागिएको थियो ।

ग्रिनकार्डको आवेदन आई ४८५ को शुल्क भने १० डलर कम गरेर ११३० लागु गर्न लागिएको थियो । गैरआप्रवासी भिसा थप वा स्टाटस परिवर्तनका लागि अहिलेसम्म ३७० डलर रहेकोमा नयाँ शुल्क अनलाइनबाट फाइल गर्दा ३९० र कागजी रुपमा फाइल गर्दा ४ सय डलर लागु गर्न लागिएको थियो ।

यसअगाडि एसाइलम आवेदन आई ५८९ फाइल गर्न निशुल्क रहेकोमा नयाँ नियम अनुशार ५० डलर शुल्क लागु गर्न लागिएको थियो । अनलाइन आवेदन दिनेहरुका लागि शुल्क समेत कागजी आवेदनका तुलनामा कम गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com