मुख्यसचिवमा बैरागी, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

सरकारले शंकरदास वैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो । वैरागी यसअघि परराष्ट्र मन्त्रालयका सचिव थिए ।

बैठकले यसअघि मुख्य सचिव रहेका रेग्मीलाई सरकारले बेलायतको राजदूत सिफारिस गरेको छ । रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।

यस्तै, बैठकले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ भने सरकारले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।

रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । त्यसका लागि संसदले सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com