नागरिकता लगायतका आवेदनमा शुल्क बढाउनमा युएससीआईएसलाई अदालतको रोक


प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार

अमेरिकी सरकारको युएससीआईएसले अक्टोबर २ शुक्रबारदेखि अमेरिकी नागरिकता लगायतका कैयन आवेदनमा शुल्कबृद्धि गर्न लागेकोमा अदालतमा रोक लगाएको छ । संघीय न्यायाधिसले प्राथमिक निरोधक आदेश जारी गर्दै युएससीआईएसलाई शुल्कबृद्धिमा रोक लगाएका हुन् ।

प्राथमिक निरोधक आदेश कार्यान्वयनमा रहँदासम्म युएससीआईएसले नयाँ शुल्क लागु गर्न नपाउने भएको छ । सरकारले नाइन्थ सर्किट कोर्टबाट शुल्कबृद्धिको नियम कार्यान्वयको माग गर्दै पुनरावेदन गर्ने भएको छ ।

मंगलबार नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाका न्यायाधिस जेफरी ह्वाइटले नयाँ शुल्कबृद्धि कार्यान्वयनमा रोक लगाएका हुन् । न्यायाधिसको आदेश देशब्यापी रुपमा लागु हुनेछ ।

युएससीआईएसले अमेरिकी नागरिकता लगायतका आवेदनमा गरेको शुल्कबृद्धि अक्टोबर २ बाट लागु गर्ने योजनामा रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म अमेरिकी नागरिकता आवेदन एन ४०० का लागि अनलाइन आवेदन शुल्क ६४० रहकोमा ५२० डलर बढाएर ११६० बनाइएको छ । कागजीरुपमा फाइल गर्नेहरुले भने ११७० डलर तिर्नुपर्नेछ । अहिलेको प्रावधान अनुशार नागरिकता आवेदन कागजी रुपमा फाइल गर्नका लागि कम आम्दानी हुनेलाई ३२० डलर र अरुलाई ६४० डलर शुल्क रहेकोमा अब सबैले ११७० डलर तिर्नुपर्नेछ ।

आफन्तका लागि ग्रिनकार्ड आवेदन आई १३० फाइल गर्दा अहिलेसम्म ५३५ डलर शुल्क रहेकोमा नयाँ शुल्क अनलाइन फाइल गर्दा ५५० डलर र कागजी फाइल गर्दा ५६० तय गरिएको छ । ग्रिनकार्डको आवेदन आई ४८५ को शुल्क भने १० डलर कम गरेर ११३० तय गरिएको छ । गैरआप्रवासी भिसा थप वा स्टाटस परिवर्तनका लागि अहिलेसम्म ३७० डलर रहेकोमा नयाँ शुल्क अनलाइनबाट फाइल गर्दा ३९० र कागजी रुपमा फाइल गर्दा ४ सय तोकिएको छ ।

वर्क परमिटको शुल्क बढाइएको छैन तर बायोमेट्रिक शुल्क घटाइएको छ । बायोमेट्रिक शुल्क ८५ डलरबाट घटाएर ५५ डलर बनाइएको छ तर डाकाका लागि बायोमेट्रिक शुल्क ८५ डलर नै यथावत राखिएको छ । आई१४० आवेदनको शुल्क पनि घटाइएको छ । अहिले यो शुल्क ७ सय डलर रहेको छ तर नयाँ शुल्कमा २४५ डलर घटाएर ५५५ डलर कायम गरिएको छ ।

यसअगाडि एसाइलम आवेदन आई ५८९ फाइल गर्न निशुल्क रहेकोमा नयाँ नियम अनुशार ५० डलर शुल्क तोकिएको छ । अन्तिम नियममा अनलाइन आवेदन दिनका लागि प्रोत्साहन गरिएको छ । अनलाइन आवेदन दिनेहरुका लागि शुल्क समेत कागजी आवेदनका तुलनामा कम गरिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com