ट्रम्प -बाइडेन बहस सुरु, यहाँ हेर्नुहोस् लाइभ भिडियो
प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार
अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच पहिलो बहस ओहायाको क्लीभल्याण्डमा सुरु भएको छ ।
यो बहसलाई अमेरिकी राजनीतिक बृत्तमा निकै चासोका साथ हेरिएको छ ।
फक्सन्यूजमा लाइभ हेर्न यहाँ क्लीक गर्नुहोला ।
फक्स न्युजका क्रिस वालेसले बहसको संचालन गरेका छन् भने अमेरिकामा मुख्य संचारमाध्यमहरुले उक्त बहसको प्रशारण गरिरहेका छन् । हलमा केही दर्जनमात्र दर्शकहरु उपस्थीत छन् ।
एबीसीमा लाइभ हेर्न यहाँ क्लीक गर्नुहोला ।
झण्डै ९० मिनेट चल्ने बहसमा ट्रम्प र बाइडेनका रेकर्डहरु, सर्वोच्च अदालत, कोरोना महामारी, अर्थशास्त्र, चुनावको अखण्डता, विभेद र हिंशाका घटनाहरु हुनेछन् । यी ६ वटा शीर्षकमध्ये हरेक शीर्षकमा बहसका लागि १५ मिनेट समेत तोकिएको छ । उक्त १५ मिनेटभित्र दुबै उम्मेदवारहरुले आफ्ना भनाई राख्नुपर्नेछ ।