एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ३ बर्ष ९ महिनामा नागरिकता आवेदन दिन सकिनेबारे युएससीआईएस


प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार

Citizenship

अमेरिकी सरकारको युएससीआईएसले अक्टोबर २ बाट नागरिकता आवेदन शुल्कमा झण्डै दोब्बर बृद्धि गर्दैछ । त्यसैले अमेरिकी नागरिकताका लागि आवेदन दिन इच्छुक र योग्यहरुलाई उक्त मिति भन्दा अगाडि नै नागरिकता आवेदन दिन सुझाव दिइएको छ ।

एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको मितिले ४ बर्षमा अमेरिकी नागरिकता प्राप्त गर्न योग्य हुने प्रावधान रहेको छ । अर्थात् एसाइलमबाट ग्रिनकार्ड पाउनेहरुले आई ४८५ आवेदन स्वीकृत भएको मितिले ३ बर्ष ९ महिनामा अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्छन् ।

युएससीआईएसले पनि यसबारेमा स्पष्ट भाषामा व्याख्या गरेको छ । आई ४८५ आवेदन स्वीकृत भएको मितिले एकबर्ष अगाडिदेखि नै एसाइलम गरेकाहरुलाई स्थायी बासिन्दाका रुपमा गणना गरिने भएकाले आई ४८५ आवेदन स्वीकृत भएको एकबर्ष अगाडिदेखि गणना गरेर ५ बर्षमा एसाइलम गरेकाहरुले अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

युएससीआईएसले गरेको ब्याख्याको स्क्रीनशट

एसाइलमबाट ग्रिनकार्ड प्राप्त गर्नेहरुको ग्रिनकार्ड जारी मिति सामान्यतया आई ४८५ आवेदन स्वीकृत भएको एकबर्ष अगाडिदेखि राखिन्छ । तर ग्रिनकार्डमा युएससीआईएसले आई ४८५ स्वीकृत भएको मिति जारी गरेको भएतापनि एकबर्ष अगाडिदेखि गणना गरेर अमेरिकी नागरिकताका लागि आवेदन दिने अधिकारमा कुनै असर गर्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै शरणार्थीका सन्दर्भमा अमेरिका प्रवेश गरेको मितिले ५ बर्षमा अमेरिकी नागरिकता प्राप्त गर्न सकिने प्रावधान रहेको छ । युएससीआईएसका अनुशार अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्नेहरुले ग्रिनकार्ड जहिले प्राप्त गरेपनि अमेरिकी नागरिकताका लागि आवेदन भने प्रवेश गरेको मितिबाट ५ बर्षपछि प्राप्त गर्नसक्छन् ।

अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गरेकाहरुले ग्रिनकार्ड प्राप्त गरेको मितिले ३ बर्षमा नागरिकता प्राप्त गर्नसक्छन् । जसका लागि उनीहरुले ३ बर्ष पुग्नुभन्दा ९० दिन अगाडि आवेदन दिनसक्छन् ।

अन्यले भने अमेरिकी नागरिकता प्राप्त गर्नका लागि ग्रिनकार्ड स्वीकृत भएको मितिले ५ बर्ष पुरा भएको हुनुपर्छ । जस अन्तरगत ५ बर्ष पुग्नुभन्दा ९० दिन अगाडि अर्थात् ४ बर्ष ९ महिनामा आवेदन दिन सक्छन् । तर अमेरिकी नागरिकताका लागि आवेदन दिन चाहने ग्रिनकार्डवाहकले अमेरिकामा उपस्थीति लगायतका अन्य कैयन मापदण्डहरु पूरा गरेको हुनुपर्छ ।

एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ३ बर्ष ९ महिना भयो, नागरिकता आवेदन दिनसक्छु ?

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com