अमेरिकी चुनावमा लागि काठमाडौंमा रहेको दूतावासमा मतपत्र बुझाउने डेडलाइन अक्टोबर २


प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार

अमेरिकाको राष्ट्रपति चुनावमा अमेरिकी नागरिकले विश्वको जुनसुकै कुनाबाट पनि मतदान गर्न सकिने प्रावधान रहेको छ । जस अन्तरगत यसबर्षको राष्ट्रपति चुनावमा मतदान गर्न चाहने नेपालमा रहेका अमेरिकनहरुले काठमाडौंमा रहेको अमेरिकी दूतावासमा मतपत्र बुझाउने डेडलाइन अक्टोबर २ सम्म रहेको छ ।

चुनावको दिनमा अमेरिकामा अनुपस्थीत हुननसक्नेहरुले अनुपस्थीत मतपत्र प्राप्त गर्नसक्ने प्रावधान रहेको छ । उक्त मतपत्र प्राप्त गरेकाहरुले अक्टोबर २ सम्म मतदान गरेको मतपत्र दूतावासमा बुझाउन अमेरिकी दूतावास काठमाडौंले नेपालमा रहेका अमेरिकी नागरिकहरुलाई सुचित गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी दूतावास र कन्सुलेटहरु मतदानस्थल नभएको तर अक्टोबर २ सम्म प्राप्त मतपत्रहरु सम्बन्धित निकायमा पुर्याइने दूतावासले स्पष्ट पारेको छ । अधिकांश राज्यहरुमा अनुपस्थीत मतपत्र अक्टोबर ३ सम्म पुगिसक्नुपर्ने प्रावधान रहेका कारण यथाशीघ्र मतदान गरेको मतपत्र फर्काउन दूतावासले सुचित गरेको छ ।

दूतावासले मतपत्र जम्मा गरेर पठाउन म्यादमा मतपत्र पठाउन नसकेकाहरुले कुरियर सेवामार्फत पनि मतपत्र पठाउन सक्नेछन् । कुनै राज्यले अनुमति प्रदान गरेको खण्डमा विद्युतीय रुपमा पनि त्यस्ता मतपत्रहरु पठाउन सकिनेछ । तर यस्ता मतपत्रहरु सम्बन्धित निकायमा समयमै नपुगेको खण्डमा भने गणना हुनेछैनन् ।

राज्यको तोकेको डेडलाइन भन्दा अगाडि मतदाता नामावलीमा सुचिकृत व्यक्तिले विदेशमा रहेको अवस्थामा समेत अनुपस्थीत मतपत्र प्राप्त गर्न सकिने प्रावधान रहेको छ । यदि मतपत्र प्राप्त गर्न नसकेको खण्डमा संघीय लिखित अनुपस्थीत मतपत्र भर्न समेत सकिनेछ । मतपत्र समयमै नपुगेको खण्डमा संघीय लिखित अनुपस्थीत मतपत्रमार्फत मतको गणना गरिनेछ ।

संघीय लिखित अनुपस्थीत मतपत्रमार्फत मतदान गरिसकेपछि मतपत्र प्राप्त भएको खण्डमा उक्त मतपत्रमार्फत समेत मतदान गर्न सकिनेछ । यो अवस्थामा मतपत्र निर्वाचन अधिकारीसमक्ष नपुगेको खण्डमा संघीय लिखित अनुपस्थीत मतपत्रमार्फत मत गणना गरिनेछ, दुईवटा मत गणना हुनेछैन ।

अहिले नेपालमा रहेका अमेरिकनहरुले धमाधम अनुपस्थीत मतपत्रमार्फत मतदान गरेर दूतावासमा बुझाइरहेको दूतावासले जनाएको छ । तर अहिलेसम्म कतिजनाले मतदान गरे भन्नेबारे भने केही खुलाइएको छैन ।

सबै तस्वीरहरु अमेरिकी दूतावास काठमाडौंको सामाजिक सञ्जालबाट साभार ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com