अष्ट्रेलियाको मेलबर्नका यी ठाउँ कोरोना संक्रमणको उच्च जोखिममा
प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार
अष्ट्रेलियाको मेलबर्नमा तीन ठाउँ कोरोना संक्रमणको उच्च जोखिम रहेका ठाउँको सुचिमा थपिएका छन्। मेलबर्नका Doveton Dan Murphy , Springvale Woolworths , Springvale Continental मार्ट संक्रमणको जोखिमम रहेको ठाउँको सुचीमा थपिएका हुन्।
कोरोना संक्रमितहरु आइतबार त्यहाँ करिब १२ बजे देखि ३ बजेसम्म रहेको खुल्न आएको छ। जसले गर्दा विशेषगरि त्यो समयमा त्यहाँ पुगेकाहरुमा संक्रमणको खतरा रहेको छ।
Doveton Dan Murphy मा एक जना संक्रमित व्यक्तिले ४५ मिनेट बिताएका थिए भने Springvale Woolworths र Springvale Continental पुगेका अर्का एक जना व्यक्तिले ती स्टोरमा २० मिनेट बिताएका थिए।