अष्ट्रेलियाको एडलेडमा सलुनमा कार्यरत २५ वर्षीय युवालाई करेन्ट लाग्यो, अवस्था गम्भीर
प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार

अष्ट्रेलियाको एडलेडमा हेयरड्रेसरको रुपमा कार्यरत एक युवालाई करेन्ट लागेको छ। २५ वर्षीय उनलाई काम गर्दै गरेको अवस्थामा करेन्ट लागेको हो।
Alexia Makeup Hair and Beauty कार्यरत ती युवालाई सोमबार दिउँसो २ बजे करेन्ट लागेको स्थानीय अनलाइन पत्रिकाहरुले जनाएका छन।
इमर्जेन्सी क्रियुले उनलाई त्यहाँबाट झिक्न नै ४५ मिनेट लागेको बताइएको छ। रोयल एडलेड हस्पिटल लगिएका उनको अवस्था अहिले गम्भीर छ।
हरेक कार्य क्षेत्रमा काम गर्नेले काम गर्दा सावधानी अपनाउनुपर्छ। यसका साथै अहिलेको समयमा स्वास्थ्य सम्बन्धि सावधानी समेत अपनाएर मात्र काम गर्नुपर्छ।