बेलायतमा थप ५ हजार ६ सय ९३ संक्रमित, १७ को मृत्यु


प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार

बेलायतमा पछिल्लो २४ घन्टामा थप ५ हजार ६ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसंगै बेलायतमा संक्रमितको संख्या ४ लाख ३४ हजार ९ सय ६९ पुगेको छ ।

यसैगरी गएको २४ घन्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ५ बजेसम्म सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ९ सय ८८ पुगेको छ ।

गत शुक्रबार करिब ६ महिना यताकै सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएको थियो । शुक्रबारको तथ्याँक अनुसार ६ हजार ८ सय ७४ संक्रमित भएका थिए ।

हिजो शनिबार संक्रमित संख्या ६ हजार ४२ थियो भने ३४ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणका कारण विश्वभर १० लाख भन्दा बढीको मृत्यु भैसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com