एमालेलाई सहमतिमा ल्याउन कांग्रेसको अधिकतम पहल


प्रकाशित मिति : १७ बैशाख २०७४, आइतबार

प्रमुख प्रतिपक्ष एमालेलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न सत्ता साझेदार नेपाली काँग्रेसले अधिकतम पहल गर्ने जनाईएको छ ।
आईताबार विहान बसेको पार्टी संसदीय दलको बैठकले एमालेलाई समेत सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय गरेको जनाईएको हो।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेलाई पनि सहमति लिएर संविधान संशोधन गर्न सबैभन्दा उत्तम विकल्प हुने निष्कर्ष निकालेको जनाईएको छ ।
पार्टी नेता एवम् रक्षा मन्त्री बालकृष्ण खाँडका अनुसार सबै दललाई सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय लिइएको जनाईएको हो ।
काँग्रेसले सबै दललाई निर्वाचनमा सहभागी गराउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएकाले त्यसलाई पारित गर्न एमालेलाई साथ दिन आग्रह गर्दै आएको छ ।
यता, एमालेले स्थानीय तह र प्रदेशको समेत अधिकार कटौति हुने गरी आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने अडान राख्दै आएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com