Follow @khasokhasmag

आन्तरिक छलफलमा कांग्रेस, मुख्य एजेण्डा संविधान संशोधन र चुनाव


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
संविधान संशोधन र आगामी निर्वाचनको विषयमा छलफल गर्न आन्तरिक छलफलमा जुटेका हुन् ।
संविधान संशोधन गर्न नदिने एमालेको भनाई र संशोधन नभइ चुनावमा नजाने मधेस केन्द्रित दलहरुको अडानका बेला राजनीतिक निकासको खोजीमा कांग्रेस नेताहरु जुटेका जनाईएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा आइतबार बिहान पार्टीका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा स्थानीय तह चुनावको उम्मेदवार छनौट, संविधान संशोधन र संसद बैठकमा पार्टीको भूमिकाबारे छलफल भएको जनाईएको हो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com