बजार भाउ भन्दा सस्तोमा चामल


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

खाद्य संस्थानले बजार भाउ भन्दा किलोमै १० रुपैयाँ सस्तोमा चामल बिक्री गरिरहेको छ।
संस्थानको थापाथलीको अञ्चल कार्यालय र ललितपुरको नख्खुबाट चामल बिक्री भइरहेको छ।तर उपभोक्ताले भने १० रुपैयाँ महँगो तिरेर किराना पसल र डिपार्टमेन्टल स्टोरबाट चामल किनिरहेका छन्।
संस्थानले किलोको ४५ रुपैयाँमा बिक्री गरिरहेको चामल व्यापारीले भने ५५ रुपैयाँमा बिक्री गरिरहेको भेटिएको छ।संस्थानले वास्मती चामल ९५ रुपैयाँ किलोमा बिक्री गरिरहेको छ।त्यही चामल किराना पसल वा डिपार्टमेन्टल स्टोरमा किलोकै १ सय ३० रुपैयाँमा बिक्री भइरहेको छ।
बंगलादेशबाट अनुदानमा प्राप्त उसिना चामल ३५ रुपैयाँमा बिक्री गरिरहेको छ।बजारमा किलोको ६९ रुपैयाँ पर्ने जिरा मसिनो चामल संस्थानले ६० रुपैयाँमा बिक्री गरिरहेको छ।संस्थानले सस्तोमा चामल बिक्री गरेपनि उपभोक्ताको चाप भने छैन।संस्थानले पायक पर्ने स्थानमा चामल बिक्री नगरेकोले समेत बिक्री नभएको हो।चामल किन्न थापाथली वा नख्खु जानुपर्ने बाध्यताले समेत बिक्री नभएको हो।
राजधानीमा चामलको बजार भाउ पसल तथा डिपार्टमेन्ट स्टोर पिच्छे नै फरकरफरक छ । बजारमा चामलको भाउ खाद्य संस्थानको भन्दा धेरै मुल्य फरक देखिएको छ। संस्थानले दिएका चामल बजारमा नपाए पनि दुबैको मुल्य हेर्दा निकै फरक छ। बजारमा त्यही चामललार्इ फरकरफरक नाम दिएर बिक्री गरिएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com