धोकेवाज कोरोनालाई अन्तिम पत्र


प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार

– सोनाम शेर्पा

धोकेवाज कोरोना,

तिमीलाई यो अन्तिम पत्र लेख्दैछु । के को साइनो जोडेर तिमी सधै मलाई सताई राख्छौ? न तिमीलाई राम्रो सँग चिन्छु । न त तिम्रो कोही सन्तानलाई नै ।

मेरो गरिखाने बाटो पनि तिमीले खोसेर खायौ । त्यसले म परदेश छाडेर स्वदेश फर्केको थिएँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म नयाँ आशाका साथ आफ्नो मातृभूमि पुगें । सात समुन्द्र पारीबाट खुशी बाँड्दै अनेक पीडाहरुसँग बिहानीलाई स्वागत र साँझलाई विदाई गर्दै म मातृभूमि पुगेको थिएँ । मनमा अनेक जोश र जाँगर बटुलेर पुगेको थिएँ ।

तर परदेशबाट आफ्नो देशको एयरपोर्टमा पुग्दा मलाई स्वागत गर्ने कोही थिएन । मेरा आफ्ना मान्छेहरु पनि मदेखि टाढा थिए । उनीहरु मलाई स्वागत गर्न चाहदैनथे । बरु नआए हुन्थ्यो भन्ने बनाइसकेको रहेछ कोरोनाले ।

मसँगैको एकजना दाजुले मलाई मनैदेखि सहयोग गर्नुभयो । एयरपोर्टमा कोही आफन्तहरु नआएपछि म उहाँकै घरमा गएँ । ती दाजु भाउजुले मिठो खाना खुवाएर १० दिनसम्म राख्नुभयो ।

मलाई कोराना संक्रमण थिएन । तर कोरोनाको नाम लिएर समाजमा मलाई तिरस्कार जस्तै नै गरियो । विदेशबाट आउनेहरुलेमात्र कोरोना संक्रमण हुन्छ भनेजस्तो गरी मलाई छिमेकीहरुले फरक नजरले हेर्न थालेका थिए ।

कोरोना,

यो ८ महिनामा तिमीले धेरैको रोजीरोटी खोस्यौ । कतिलाई एक्लै बनायौ । कतिलाई रुवायौं । दिनरात काम गरेर चुल्हो बाल्नेलाई कति पीडा दियौ । अझै कति बस्छौं ? कृपया अब जाऊ । मेरो बिन्ती छ ।

अझ धेरै बाँच्नु छ । देश र जनताका लागि, आफ्ना लागि केही गर्नुछ । मलाई अब अन्यौलमा नपार । मलाई आफ्नो देशमा सन्चोसँग बस्न देउ । अब तिमी एक कदम पनि अगाडि नआउ ।

म, मेरो देश, मेरो परिवार, मेरो समुदायलाई आरामसँग जीउन देउ । तिम्रो हामीले एक कौडी पनि खाएको छैन । अब हिसाब बराबर भयो । हामीलाई आफ्नै संसारमा रमाउन देउ ।

आफ्नो छोराको मृत्युमा कति रोइन् लाहुरेनी आमा । शायद कोरोना नभएको भए मेरो छोरो मदैनथ्यो होला भनेर उनी निकै रोएकी थिइन् । म यस्तो रोदन अरु हेर्न सक्दिन ।

तिमी जाऊ अब । तिम्रो आगमनमा कोही खुशी छैन । तिमी धोकेबाज नै हो । रुँदा रुँदा धेरैका आँशु सुकेका छन् । अब रगत बग्न सुरु हुँदैछ । त्यसैले तिमी जाउ ।

महाभूकम्प झेलेका हामीलाई तिमीले कमजोर बनाउन खोज्दैछौ । तर मेरो देश , मेरो परिवार र मेरो समुदायले तिमीलाई चिनिसकेका छन् । तिमी अहिले गएनौ भने केही महिनामा तिमीलाई लखेट्ने उपायहरु आउनेछन् । त्यसैले तिमी अब गइहाल ।

– अपरिचित

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com