उम्मेदवारी दर्ताअघि संविधान संशोधन नहुने पक्का


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

संविधान संशोधन विधेयक पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि नहुने पक्का भएको छ ।

संसद बैठक वैशाख २१ गतेसम्मका लागि स्थगित भएपछि संविधान संशोधनको सम्भावना टरेको हो ।

संसदको बैठक पाँच दिनका लागि स्थगित भएको छ । संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुची एकाएक रद्द गर्दै
पाँच दिनको लागि स्थगित भएको हो । आइतबारको बैठकमा पूर्वसांसद नथुनीसिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको जनाईएको छ ।
संसद लामो समय रोकिएसँगै स्थानीय तहको मनोनयनअघि संशोधन विधेयक पास नहुने भएको जनाईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com