Follow @khasokhasmag

राप्रपाःसंविधान संशोधनको पक्षमा मतदान गर्ने


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिनुभयो ।

पार्टी एकीकरण भएपछि पार्टीेका ३७ सांसद रहेकामा २७ सांसदको मात्र बैठकमा उपस्थिति थियो । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com