किन सर्‍यो २१ गतेसम्म संविधान संशोधन नगरी संसद बैठक ?


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

आइतबार बसेको संसद बैठक कार्यसूचीमै प्रवेश नगरी बैशाख २१ गतेसम्मका लागि स्थगित भएको छ ।
संविधान संशोधन गर्ने तयारी भइरहेका बेला एकाएक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।
संविधान संशोधन प्रस्ताव जसरी हुन्छ पास गराउने सरकारको तयारी कसैगरी पनि रोक्ने विपक्षीको योजनाका बीच संसद बैठक स्थगित हुँदा धेरैका लागि चासोको विषय बनेको छ ।

मोर्चाले चाहेको जस्तो १९ गतेअघि नै संशोधन पास हुने सम्भावना अब टरेको छ । नेपाली कांग्रेसका पूर्वसांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक २१ गतेसम्मका लागि स्थगित भएको हो ।

सत्तारुढ दलका नेताहरुले संविधान संशोधनको पक्षमा दुई तिहाई पुगेको दाबी गरिरहेकै बेला बैठक सरेको छ ।
श्रोतका अनुसार दुई तिहाई बहुमत त पुग्यो तर, कांग्रेसकै सांसदहरु काठमाडौंमा नभएकोले हुन सक्छ ।
कांग्रेसका ५ सांसद काठमाडौं बाहिर छन् । जसमध्ये गीता वाग्ले त देश बाहिर छिन् । पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कासहितका चार सांसद पनि काठमाडौं बाहिर रहेको जनाईएको छ ।

कठिनले दुई तिहाई अर्थात ३९६ मत पनि कांग्रेसकै कारण नपुग्ने भएपछि संसदमा संशोधन प्रस्ताव तत्काल अघि बढाउन सक्ने नरहेको हो कि ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com