KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

लोकदोहोरी गीतमा पहिलो पटक आकाश र एलिजा…

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार

नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत “सानु” मार्फत स्कृनमा देखिएका छन् । गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द संचारकर्मि कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनाल को छ भने स्टुडियो मालाश्रीमा रेकर्ड गरिएको हो ।

प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम, नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र २ बर्षिय बाल कलाकार समाइरा थापाको अभिनय रहेको छ । नायक आकाश र नायिका एलिजाले संगै काम गरेको यो पहिलो गीत हो । भने आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोक दोहोरी हो ।

गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतम, कला मनिक पाख्रिन, प्रोडक्सन म्यानेजर विवेक चौलागाई, प्रोडक्सन कन्ट्रोलर श्याम धिताल, ड्रोन सुरेश घिसिङ र मेकअप स्वस्तिका श्रेष्ठको रहेको छ ।

गीतले लोक दोहोरी क्षेत्रमा नयां पुस्ता र पुरानो पुस्ता बिचको सम्बन्ध थप बलियो बनाउन मद्त गर्ने देखिन्छ । लोक दोहोरी क्षेत्रका अग्रज गायक घमेश दुलाल र अन्जु पन्तको स्वरमा रहेको लोक दोहोरि गीत “भुल“ पनि चाडैंनै दर्शक माझ आउने डिएआर मुभिजका संचालक सदस्य राजाराम गौतमले जानकारि दिए । गीत डि ए आर मुभिज को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस :-

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com