बालबालिकालाई राजनीतिमा प्रयोग गर्न नपाइने


प्रकाशित मिति : बैशाख १६, २०७४ शनिबार

बालबालिकालाई राजनीतिक कार्यक्रममा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् ।

विभिन्न बहानमा बालबालिकालाई निर्वाचन प्रक्रियामा प्रयोग गरिएको भन्दै उनीहरुले यस्ता कार्यलाई तत्काल रोक्नुपर्ने धारणा व्यक्त गरें ।

शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला सञ्जाल पाल्पाले तानसेनमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरिए पनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको दुःख व्यक्त गर्नुभयो ।
विद्यालय परिसरमा राजनीतिक गतिविधि गर्दा बालबालिकामा नकारात्मक प्रभाव परेको छ, शिक्षाका लागि राष्ट्रिय अभियान सञ्जाल पाल्पाका सदस्य शालीकराम पाण्डेले भन्नुभयो – ‘स्थानीय तहको निर्वाचनमा बालवालिकालाई प्रयोग गर्न नहुनेमा समाजका सबै पक्ष सजग र सचेत हुनुपर्दछ ।’
कुनैपनि विद्यालयका विद्यार्थीलाई राजनितिक गतिविधिमा
प्रयोग गरेको वा विद्यालय क्षेत्रमा राजनीतिक कार्यक्रम गर्नेहरुलाई कारबाहीको माग गर्दै सहभागीहरुले जिल्ला शिक्षा कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको थियो ।

यसैगरी जिल्लास्थित विभिन्न राजनीतिक पार्टीका कार्यालयमा पुगेर पनि उनीहरुले शान्ति क्षेत्र घोषणा गरिएको विद्यालयमा राजनीतिकगतिविधि नगर्न माग गरेको सदस्य पाण्डेले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सञ्जालका सहसंयोजक तथा इन्द्रेणी समाज पाल्पाका प्रमुख रुद्र मश्राङ्गीको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, शिक्षक महासङ्घ, नागरिक समाज अगुवाको सहभागिता थियो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com