जथाभावी सडक पार गर्दा होस् गर्नुस् प्रहरीले समात्ला !


प्रकाशित मिति : बैशाख १६, २०७४ शनिबार

महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक पार गर्ने पैदल यात्रुलाई कार्वाही गर्ने भएको छ ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक पार गर्ने पैदल यात्रुलाई शुक्रबारदेखि केहीबेर नियन्त्रणमा लिई २ सय रुपैया जरिवाना गर्ने चेतावनी दिनु भएको हो । काठमाडांैं उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै उहाले जेब्रा क्रसमा पैदल यात्रुले खुट्टा राख्ने बित्तिकै सवारी साधान नरोक्ने सवारी चालकलाई पनि कडा कार्वाही गर्ने चेतावनी दिनुभयो । महानगरीय ट्राफिक महाशाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न बैशाख १ गतेबाट सवारी साधानमा हर्न बजाउन रोक लगाएको थियो । सवारीको चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ शुक्रबारबाट पैदल यात्रु सुरक्षा कार्यक्रम संचालनमा ल्याइएको हो । पैदल यात्रुले जथाभावी सडक क्रस गर्दा नै सवारी दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको पाइएपछि महाशाखाले पैदल यात्रुहरुलाई जेब्राक्रस र आकाशेपुल प्रयोग गरेर मात्रै सडक पार गर्न पनि पुनः अपिल गरेको छ ।
महाशाखाले पैदल यात्रुलाई जनचेतनामूलक कार्यक्रमबारे जानकारी दिन काठमाडांैमा रहेका २६ वटा सामुदायिक प्रहरी कार्यालयको जनशक्तिलाई समेत परिचालन गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com