मेसेडोनियमा संसदभवनमै प्रवेश गरी सांसादहरुमाथि हमला


प्रकाशित मिति : बैशाख १६, २०७४ शनिबार

मेसेडोनियामा प्रदर्शनकारीहरुको एक समूहले संसद भवनमै प्रवेश गरेर सांसदहरुमाथि हमला गरेको छ ।

त्यहाँको सभामुखमा एक अल्बेनियाली जातीय नेता निर्वाचित भएपछि विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरु संसद भवनमै प्रवेश गरी सांसदहरुमाथि हातपात गरेका थिए ।
प्रदर्शनकारीको कुटाइबाट सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका करिब एक दर्जन सांसद घाइते भएका छन् ।
पूर्व प्रधानमन्त्री निकोला ग्राएभस्कीको भिएमआरओ पार्टीका समर्थकहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।
उनीहरुले नयाँ चुनावको माग गरेका छन् । करिब दुई सयको हाराहारीमा प्रदर्शनकारीहरु एकसाथ संसद भवनमा प्रवेश गरेका थिए ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन गैरघातक ग्रिनेडसमेत प्रहार गरेको थियो ।
स्थानीय टेलिभिजन च्यानलका अनुसार घटनामा प्रदर्शनकारी, प्रहरीसमेत गरी ४८ जना घाइते भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com