हिन्दी गीतमा नेपाली मोडल (भिडियो)


प्रकाशित मिति : भाद्र ६, २०७३ सोमबार

 

नेपाली मोडल पियूष कर्णले अभिनय गरेको हिन्दी गीत “दवी दवी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायक नारायण बाबु कोइरालाको आवाज रहेको गीतमा पियूष कर्ण र मनिष कुमारको शब्द रहेको छ भने पियूषकै संगीत रहेको छ ।

नेपालमा नै रकेर्ड गरिएको गीतको भिडियोको छायाँकन काठमाडौंका विभिन्न स्थानहरुमा गरिएको हो । बिपिन रिजालको छायाँकन, सम्पादन र निर्देशन रहेको भिडियोमा पियूष कर्ण, अनामिका आनन्द र मनिष कुमारको अभिनय रहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com