नेपालमा आइपुग्यो रेल (फोटोफिचर)
प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

नेपालमा गुड्ने आफ्नै रेल आज नेपाल आइपुगेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याइदैछ । अहिले रेल नेपाली भूमि प्रवेश गरेको र दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् ।
नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ-तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।





तस्विर : सामाजिक सञ्जालबाट साभार