काँग्रेसका ६ जना केन्द्रीय सदस्यको उपस्थीतिमा जनसम्पर्क समिति अमेरिकाले मनायो वीपी जयन्ती


प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीभित्र शत् प्रतिशत सहमति खोज्ने प्रयासले समस्या बढेको बताउनु भएको छ। राजनीतिमा शत् प्रतिशत सहमति सधैं,सबै विषयमा सम्भव नहुने भन्दै नेता महतले बहुमतको निर्णयको सम्मान गरिने लोकतान्त्रिक विशेषतालाई सबैले स्वीकार गर्नुपर्नेमा समेत जोड दिनु भएको छ।

नेपाली जनसम्पर्क समिति,अमेरिकाले १०७ औं वीपी जयन्तीका अवसरमा आयोजना गरेको एक कार्यक्रमलाई प्रमूख अतिथिको रुपमा सम्बोधन गर्दै नेता महतले यस्तो जोड दिनु भएको हो। नेता महतले वीपी कोइराला विश्वमंचमा सम्मान आर्जित गर्ने नेपालको ठूलो नेता भएको बताउनु भयो। जनता अधिकार सम्पन्न नभएसम्म देशको राष्ट्रियता बलियो हुँदैन भन्ने मान्यता राख्ने वीपी सधैं जनताको अधिकारका लागि लडेको समेत सहमहामन्त्री महतको भनाई थियो ।

आइतवार आयोजित भर्चुअल छलफल कार्यक्रममा पूर्व परराष्ट्रमंत्री समेत रहनु भएका नेता महतले वीपीको परराष्ट्र नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै भारत र चीन दुवैसंग वीपीले सम्मान आर्जन गरेर राष्ट्रियताका हितमा अडान राख्ने गरेको र परराष्ट्र नीति पनि सोही अनुसार नै अवलम्बन गरेको समेत बताउनुभयो। वीपी कोइरालाको परराष्ट्र नीति र आजको सन्दर्भका बारे आफ्नो भनाई व्यक्त गर्ने क्रममा नेता महतले तर अहिलेको कम्युनिष्ट सरकार प्रपोगण्डा सिर्जना गर्न माहिर रहेको भन्दै जनतालाई भ्रमित पार्ने काम गरेको टिप्पणी गर्नुभयो। ‘प्रपोगाण्डा र भ्रमका पछि नलागौ’ नेता महतको भनाइ थियो। ‘कम्युनिष्ट सम्पूर्ण रुपमा नांगिएका छन्,राज्यश्रोत दोहन गरेर व्यक्ति केन्द्रीत राजनीति गरेका छन्’ भन्दै महतले पार्टीमा व्यक्ति होइन पार्टी बलियो बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली जनसम्पर्क समितिको विषयमा बोल्दै नेता महतले पार्टीले विदेशमा रहेका जनसम्पर्क समितिमा आवद्ध साथीहरुको क्षमता र श्रोत पार्टीले उपयोग गर्न नसकेको विचार व्यक्त गर्नुभयो । ‘जनसम्पर्क समिति सम्बन्धित देशको कानुन अनुसार नै चल्ने हो,हामीले सहजीकरण गर्ने हो। जनसम्पर्क समिति कांग्रेसमार्फत नेपालसंग जोडिनुपर्छ र विदेशमा रहेका सबै साथीहरु जनसम्पर्क समितिमा आवद्ध हुन पाउने व्यवस्था गर्नुपर्छ,यसमा हामी खुला हुनुपर्छ’ महतको भनाई थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समितिका अध्यक्ष एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मंत्रीद्वय उमाकान्त चौधरी र वीरबहादुर बलायरसहित केन्द्रीय सदस्यहरु डाक्टर डिला संग्रौला,जनसम्पर्क समन्वय विभाग प्रमूख एवम केन्द्रीय सदस्य गोविन्द भट्टराई र अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले पनि अतिथि वक्ताको रुपमा वीपीको बहुआयामिक व्यक्तित्वका बारे चर्चा गर्नु भएको थियो। नेता चौधरीले वीपी र तराई,मधेश एवं आदिवासी,जनजाति, नेता बलायरले वीपीवाद र आजको सन्दर्भ,डाक्टर संग्रौलाले वीपी र महिला,नेता भट्टराइले वीपी र जनसम्पर्क समिति र युवा नेता गुरुङले वीपी र युवा,विद्यार्थी एवं तरुणको विषयमा केन्द्रीत रहेर वीपीको योगदान,भूमिका र व्यक्तित्वका बारे मन्तव्य व्यक्त गर्नु भएको थियो। वक्ताहरुले पार्टीमा आन्तरिक अनुशासन र पद्धतिको पालनामा जोड दिनुपर्ने बताएका थिए।
अनुशासन समिति सदस्य समेत रहनु भएका पूर्वमंत्री नेता चौधरीले वीपीले आफ्नो नेतृत्वमा कांग्रेसलाई समावेशी बनाएर व्यवहारिक उदाहरण प्रस्तुत गर्नु भएको भन्दै पार्टीलाई नीतिका आधारमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति,युरोप क्षेत्रका महामन्त्री गंगाधर गौतम,नेपाली जनसम्पर्क समिति,अमेरिकाका पूर्व संयोजक एवं वर्तमान सल्लाहकार खगेन्द्र जीसी,समितिका सल्लाहकार कृष्ण बिष्ट,समितिका उपाध्यक्ष धर्मराज श्रेष्ठ,जनसम्पर्क समिति,अमेरिका संगठन विभाग प्रमूख वेदप्रसाद खरेल,एनआरएन अमेरिकाका अध्यक्ष सुनील साह,एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशब पौडेल,नेविसंघका पूर्व महामन्त्री डाक्टर यादव पण्डितलगायतले मन्तव्य व्यक्त गरेका थिए। समितिका उप सभापति सीपी पौडेलको स्वागत र महासचिव मुनिन्द्र नेम्वाङ्गले संचालन गरेको कार्यक्रममा सचिव भोजराज थोकरले धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा च्याप्टर समितिका तर्फबाट लंग आइल्याण्ड च्याप्टरका सभापति विश्वराज बाँस्तोला र डाल्लास फोर्ट वर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र कार्कीले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com