ह्वाइट हाउसको छानामा बसेर गाँजा तान्ने व्यक्ति जिम्मी कार्टरका छोरा
प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार
पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले अमेरिकी कलाकार विली नेल्सनसँग ह्वाइट हाउसको छानामा बसेर गाँजा तान्ने व्यक्ति आफ्नै छोरा भएको खुलासा गरेका छन् । विली नेल्सनले आफ्नो आत्मबृतान्तमा ह्वाइट हाउसको छानामा बसेर गाँजा तानेको खुलाएपनि कोसँग भन्नेबारे स्पष्ट पारेका थिएनन् ।
जिम्मी कार्टरले एउटा नयाँ बृत्तचित्रमा आफ्ना छोरा जेम्स अर्ल कार्टरे नेल्सनसँग बसेर ह्वाइटहाउसको छानामा गाँजा तानेको बताएका हुन् । जिम्मी कार्टर रक एण्ड रोल प्रेसिडेण्ट नामको उक्त बृत्तचित्रमा उनले यस्तो खुलासा गरेका हुन् ।
विली नेल्सनले ह्वाइटमा हाउसमा एकजना नोकरसँग बसेर गाँजा तानेको आत्मबृत्तान्तमा उल्लेख गरेका छन् । तर ती व्यक्ति कुनै नोकर नभई जिम्मी कार्टरकै छोरा थिए । नेल्सनले जिम्मी कार्टरसँग ह्वाइटमा हाउसमा एकरात विताउने क्रममा यसो गरेको पुस्तकमा उल्लेख गरेका हुन् ।
नेल्सनले कार्टरका छोरालाई गजँडीका रुपमा चित्रित गर्न नचाहेका कारण पुस्तकमा परिचय लुकाइदिएको बताइएको छ । कार्टरले ह्वाइटहाउसमा रहँदा कैयन चर्चित कलाकारहरुसँग गठबन्धन बनाएका थिए ।
छिट्टै ९६ बर्षमा प्रवेश गर्दै गरेका कार्टर १ अक्टोबर १९२४ सालमा जन्मिएका थिए । उनी आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति हुन् र यस अगाडि जर्ज एचडब्लूबुशको निधन ९४ वर्ष १७१ दिनमा भएको थियो ।