इलाम चिनाउन भलिबल छाडी व्यवसायी बने माधव !


प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार

इलामको सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका योगेन्द्र सुवेदी(माधव)को दुई दशक भलिबल खेलमा बित्यो कहिले खेलाडी बनेर त कहिले प्रशिक्षक भएर । जुनसुकै पद र मर्यादामा रहेर पनि माधव भलिबलमा समर्पित रहे ।

चाहे गाउँको धुलोमा होस् वा सदरमुकामको अब्बल मैदान, भलिबलको सुइँको पाउनेबित्तिकै माधव हानिन्थे । विद्यालयमा पढ्दा नै माधवको मनमा भलिबलले मन तानेको थियो । कक्षा ६ देखि भलिबल खेल्न शुरु गरेका उनी १० कक्षामा पुग्दा त अब्बल खेलाडी बने । उच्चस्तरीय अध्ययनका लागि सदरमुकाम पसे पनि बिदाको समय गाउँ पुगेर माधव भलिबलमा सामेल भएरै छाड्थे।

जबजब माधवको कक्षा बढ्दै गयो तबतब, भलिबलको मोह पनि उचालिँदै गयो । स्नातक अध्ययनका लागि सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस माधव भर्ना त भए तर पढाइमा ध्यानै गएन । क्याम्पसको पढाइले भन्दा प्राङ्गणको भलिबलले तानेपछि पढाइ कसरी उभो लाग्थ्यो र ?

माधवले क्याम्पस अध्ययनकै समयमा अन्तरक्याम्पसदेखि अन्तरजिल्लासम्मका प्रतियोगिताको कप्तानी समालेका थिए । भलिबलमा लत बसेपछि माधवले रेफ्री कोर्ष गरे । दुई दशक भलिबलमा गुजार्दा पनि माधवले भविष्य भेटेनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछि पारिवारिक सल्लाहअनुसार माधवले घरमै बसेर चियाबारीको काम गर्न थाले । दुई वर्ष गाउँमा समय गुजार्दा माधवलाई नयाँ काम गर्नुपर्छ भन्ने ‘हुटहुटी’चल्न थाल्यो । इलामे पहिचान बोकेका वस्तु गाउँमा नबिकेको देख्दा माधवलाई चित्त बुझेन । गाउँमा फल्ने अकबरे बजार नपाएर कुहिएको र दूध नबिकेको देख्दा माधवको मनै खिन्न भयो ।

यत्तिकैमा माधव सदरमुकाममा पसल खोल्ने मोडमा पुगे । “गाउँमा फलेको चिया र गाउँकै छुर्पी र खुर्सानी बेच्न सदरमुकाम सरेँ” उनले भने । सदरमुकाम सरेर माधवले चिया र छुर्पी मात्र बेचेनन्, सदरमुकाम छेउछाउकै किसानबाट दूध किनेर नगरबासीलाई दूध र दही बेच्न थाले । अहिले माधव ५०-६० किसानबाट दूध किनेर बजार क्षेत्रमा दूध र दही बेच्ने गर्छन् ।

शुरुआतमै इलामे पहिचान चिया, अकबरे, छुर्पी बेचेका उनलाई देशका शहरशहरमा यस्ता वस्तु बेच्न मन छ । अहिले पसलबाट काठमाडौं, चितवन र पोखरामा माधव यी सामग्री पठाउछन् । उनको व्यवसाय इलाम सदरमुकामस्थित माइपोखरी अर्गानिक एग्रिकल्चर सप्लार्यसबाटै इलाम चिनाउने योजना पूरा भएको छैन ।

उनलाई इलाममा उत्पादन भएको घ्यु खारेर देशका कुनाकुनामा लगेर चखाउने मन छ । “हाम्रा अर्गानिक प्रोडक्ट कसैले चिन्दैन । देशमै पनि इलामको चिया भनेर दाना (सिटिसी) चिया बेच्छन्” माधव भन्छन्,“म देशका उत्कृष्ट शहरहरुमा यस्ता वस्तुको प्रवद्र्धन गर्न खोज्दैछु ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com