‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’


प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार

कोरोना संक्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। संक्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई पनि पुनः देखिन सक्ने भएको भन्दै आफूहरू सामाजिक अपहेलनामा परेको कोरोना विजेताहरूको दुःखेसो छ।

आफूहरु मात्र नभई नजिकका छिमेकी र आफन्तले समेत अपहेलित हुनु परेको बताउछन् कैलालीको घोडाघोडी नगरपालिका–३ का एक कोरोना विजेता। “हामीलाई कोरोना छैन, हामीले कोरोना जितेका छौँ तर समाजसँग हार्‍यौँ, हाम्रा कारण वरपरका व्यक्तिलाई समेत समुदायमा अप्ठ्यारो भएको छ” उनले भने। उनी सुनाउछन्, “मेरो छिमेकी सामुदायिक वनको समितिमा हुनुहुन्थ्यो, छलफल गर्दा उहाँलाई सधैँ बोलाउँथे तर अहिले मेरै कारण उहाँलाई बैठकमा बोलाउन छाडिएको छ।”

त्यस्तै घोडाघोडी नगरपालिका–३ कै अर्का कोरोना विजेताले प्रधानमन्त्री कृषि रोजगार कार्यक्रमअन्तर्गत काम गर्न जाने गरेका छिमेकीलाई आफ्नो घरमा आएको भन्दै काम गर्नबाट वञ्चित गरिएको गुनासो गरे। आफ्नो स्वास्थ्य अवस्था सामान्य भइसक्दा पनि अझै समाजले घृणा गरेको देख्दा उनलाई निकै पीडाबोध हुने गर्दछ। “हामी पूर्णरूपमा निको भैसकेका छौँ”, घोडाघोडी नगरपालिका–८ का कोरोना विजेताले भने “तर अझै पनि हाम्रो घर नजिक कोही आउँदैनन्।”

कोरोना जित्नु भएका घोडाघोडी नगरपालिका–१० का रमेश पाण्डे भन्छन्, “हामीलार्ई आफ्नै गाउँ समाजले त साथ दिँदैन भने अरू कोसँग सहयोगको अपेक्षा गर्ने ? एकअर्कालार्ई परेको खण्डमा काँधमा काँध मिलाउने हामी नेपालीको स्वाभिमान कहाँ गयो होला ? मर्दापर्दा एकजुट हुने नेपाली संस्कार कहाँ हरायो ?” कोरोना महामारीले सामाजिक सद्भाव र मानवतामा अनेक प्रश्न उब्जाएको उनको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“भारतबाट आएका मान्छे भन्नेबित्तिकै घृणा गर्छन्, झन् आफू त संक्रमित भइसकेकाले समाजले गरेको व्यवहार निकै पीडादायी रहेको बताउछन्, घोडाघोडी नगरपालिका–६ का अर्का कोरोना विजेता। उनी भन्छन्, “अहिले त निको भइसक्यो तर अझै पनि हामीलाई संक्रमित नै छ भन्ने दृष्टिले हेरिन्छ।” “शुरुमा आफूमा कुनै लक्षण थिएन, नगरपालिकाबाट संक्रमित भयो भनेर खबर आउँदा पत्यार नै लागेन। संक्रमित भएको सुन्नेबित्तिकै टाढा बसौँ तर अब निको भइसक्दा पनि समाजले अझै स्वीकार्न सकेको छैन”, उनी भन्छन्।

सबै सखाप बनायो, सबैलार्ई रोग सारेर गयो भनेर अनेकौँ लाञ्छनायुक्त प्रहार समाजबाट खेपिरहनु परेको बताउनुहुन्छ घोडाघोडी नगरपालिका–११ का अर्का कोरोना विजेता। उनलाई संक्रमित भएको पुष्टि हुनुअघि नै परिवारका सबै सदस्य क्वारेन्टिनमा थिए। संक्रमित भएको पुष्टि हुनासाथ समाजले परिवारका सदस्यलार्ई हेर्ने नजर नै बदलिएको सुनाउछन् उनी। उनी भन्छन्, “उनीहरूमाथि अपराधीको जस्तो व्यवहार गरियो।”

गाउँ समाजले रोग लिएर आयो, गाउँभरि सारेर गयो भनेर आरोप लगाए पनि कोरोना जितिसक्दा आफूले विशेष सतर्कता अपनाएको उनी बताउछन्। आफूले पूर्ण स्वास्थ्य सतर्कता अपनाएकै कारण परिवार, आफन्त तथा सम्पर्कमा आएका कसैमा पनि संक्रमण सर्न नपाएको उनको भनाइ छ। उनी भन्छन्, “हामी पनि रोग सर्न दिनुहुन्न भन्ने कुरामा सचेत छौँ तर त्यो रोगलाई पराजित गरिसक्दा पनि समाजमा स्थापित हुन निकै समस्या भइरहेको छ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com