क्यानडामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुक्रबार शुन्य


प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार

canada flag

क्यानडामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुक्रबार शुन्य रिपोर्ट गरिएको छ । कोरोना महामारी सुरुभएयता कसैको पनि मृत्यु नभएको यो नै पहिलो दिन हो । मार्च १५ यता क्यानडामा कोरोना महामारीबाट ९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

महामारी सुरु भएयता शुक्रबार साँझसम्म क्यानडामा ६० लाख व्यक्तिको परीक्षण भइसकेको छ । त्यसमध्ये २ दशमलव १ प्रतिशतमा संक्रमण पुष्टी भएको छ । अर्थात् अहिलेसम्म क्यानडामा संक्रमितको संख्या झण्डै १ लाख ३५ हजार रहेको छ ।

शुक्रबार एकैदिन थप ७०२ मा संक्रमण पुष्टी भएपनि उक्त दिन कसैको पनि कोरोना संक्रमणबाट मृत्यु नभएको जनाइएको छ ।

क्यानडामा कोरोनाबाट मृत्युदर अप्रिलमा ह्वात्तै बढेको थियो भने जुलाईसम्म कायम रहेको थियो । त्यसपछि मृत्युदर कम हुँदै गएको तथ्यांकमा उल्लेख छ । मृत्यु हुनेहरुमध्ये ७१ द्यशमलव ३ प्रतिशत ८० बर्षमाथिका छन् ।

अमेरिकाको तुलनामा क्यानडामा संक्रमितको संख्या निकै कम रहेको छ भने मृतकको संख्या पनि निकै कम छ । उसो त क्यानडामा जनसंख्या पनि अमेरिकाको तुलनामा निकै कम छ ।

अमेरिकामा भने संक्रमितको संख्या ६५ लाख नाघिसकेको छ । मृतकको संख्या पनि २ लाखको निकट छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com