नेपालका यी ५ स्यानिटाइजरमा भेटियो विषाक्त रसायन, उत्पादनमा प्रतिबन्ध


प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार

औषधि व्यवस्था विभागले मानव स्वास्थ्यमा असर गर्ने खालको रसायनद्वारा निर्मित स्यानिटाइजर उत्पादन तथा बिक्री भइरहेको पाइएको भन्दै विभिन्न पाँच कम्पनीलाई स्यानिटाइजर उत्पादनमा प्रतिवन्ध लगाएको छ ।

विभागका अनुसार मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्री, सर्च केमकम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्टस रहेका छन् । यी कम्पनीले बजारमा बिक्री वितरण गरिरहेका इन्सटेन्ट ह्यान्ड सेनिटाइजर, इन्सटेन्न्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, एड्भान्स ह्यान्ड स्यानिटाइजर, इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी ह्यान्ड स्यानिटाइजर हुन् ।

हानिकारक रसायन प्रयोग गरेको पाइएपछि ती स्यानिटाइजर प्रयोग नगर्न विभागले सुझाव दिएको छ। साथै, यी कम्पनीलाई स्यानिटाइजर उत्पादनमा रोक लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com