Follow @khasokhasmag

‘हुलमा म भूईमा पछारिएँ, मलाई कैयनले कुल्चिए’ : ११ सेप्टेम्बरको हमलामा बाँचेकी कल्पना पन्त


प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार

वर्ल्ड सेन्टर नजिकैको रेष्टुरेन्टमा काम गर्ने कल्पना पन्त पनि निकै मुस्किलले बाच्न सफल भइन् ।  त्यसैले घटना सम्झदा अहिले पनि भक्कानो फुट्छ उनको । भागदौडमा उनलाई पनि सयौं मान्छेले कुल्चिए । बल्लतल्ल उठेर स्टेटन आइल्याण्ड पुग्दा उनले आफूलाई आफैले चिन्न नसक्ने अवस्था आएको थियो । घर फर्कदा छोरोले उनी ज्यूदै रहेको कुरा समेत पत्याउन सकेन । भूत आएजस्तो गरी उनले खुवाएको खाना समेत खाएन । यो घटनापछि धेरै दिनसम्म कल्पनाले खाना खान पनि सकिनन् । उनलाई दुईवर्षसम्म त ट्रेन  चढ्न पनि निकै डर लाग्यो । काममा पनि जान सकिनन् । अझै पनि कतैबाट ठूलो आवाज आयो भने तर्सिन्छिन् उनी । पढ्नुहोस् उनको बयान ।

म त्यतीबेला ट्वीन टावर नजिकैको एउटा भारतीय रेष्टुरेन्टमा काम गर्थें । त्यो रेष्टुरेन्ट टावर भन्दा दुई ब्लक पर थियो । सधैजस्तो ११ सेप्टेम्बरको दिनमा पनि म छोरालाई स्कुल पठाएर घरबाट बिहानै ८ बजे काममा निस्कएँ । त्यसदिन टे«नपनि निकै ढिलो चलिरहको थियो । टे«न वल्र्ड ट्रेड सेन्टरको स्टपमा पुगेपछि झर्न खोंजे । तर घडी हेर्दा काममा जानका लागि अलिकति समय बाकी नै रहेछ । त्यसैले म ब्याट्री पार्कको स्टपमा ओर्लिएँ । बाहिर निस्कदा दशौं हजार मान्छेको भींड थियो ।

सबै आत्तिदै आकाशतिर हेरिरहेका थिए । सुरुमा त यस्तो अचम्मको दृश्य देख्दा मलाई के भएको हो भन्ने थाहा पाउन समेत मुस्किल भयो । तर तुरुन्तै जहाजले वल्र्ड टे«ड सेन्टरको भवनमा हिकाएको कुरा थाहा पाउदा छांगाबाट खसेजस्तै भएं । आत्तिएर हतार हतार श्रीमानलाई फोन गर्नमात्र के लागेकी थिएं , आकाशै खसेजस्तो आवाज आयो ।

हेर्दा अर्को टावरमा पनि जहाज ठोक्काइएको रहेछ । मलाई मेरो काननै पड्कीएजस्तो लाग्यो । मैले त पूरै न्यूयोर्क सहर नै ध्वस्त भयो जस्तो लाग्यो । त्यसैले मलाई अब पूरिएर मरिने भयो भन्ने डर लाग्यो । त्यसैले जुत्ता फुकालेर हातमा समातें, अनि समुद्रतिर दौडन थालें । समुद्रमा हाम्फालेर भएपनि बाच्नुप¥यो भन्ठानेर म त्यता दौडदै थिएं ।

तर म अगाडि बढ्नै सकिन । मान्छेको हुलमा म भूईमा पछारिएं । मलाई सयौं मान्छेले कुल्चिए । म झण्डै बेहोस भएं । हजारौं मान्छे समुन्द्रको किनारामा थिए । रुवावासी र कोलाहल मच्चिरहेको थियो । कोही लडिरहेका थिए । कसैको शरिरबाट रगत बगिरहेको थियो । त्यत्तिकैमा स्टेटन आइल्याण्डबाट एउटा पानी जहाज आयो । हजारौं मान्छे त्यसमा छिर्न थाल्यो । कसैले नियन्त्रण गर्न सक्ने अवस्था नै थिएन । म पनि त्यसैमा चढेर स्टेटन आइल्याण्ड पुगें । त्यो रात घर फर्कन पनि सकिएन ।

मलाई सपना हो कि विपना हो ठम्याउन पनि कठिन भयो । आफू कहा छु भन्ने पनि थाहा नभएजस्तो भयो । पछि चिनेजानेका एकजना दाजु विनोद रिमालको स्टेटन आइल्याण्डस्थित घरमा बसियो । भोलिपल्ट दुईवटा बस र तीनवटा टे«न परिवर्तन गरेर घरमा आएं । घरमा आउदा मेरो ५ वर्षको छोराले म ज्यूदै घरमा आएको विश्वास नै गर्न सकेन । उसले त भूत घरमा आएजस्तो गर्न थाल्यो । मैले खुवाएको खाना खान पनि मानेन ।

त्यो घटनापछि मलाई दुईवर्षसम्म त ट्रेन चढ्न पनि डर लाग्यो । काम गर्न पनि गइन । अझै पनि कतैबाट ठूलो आवाज आयो भने निकै डर लाग्छ । ठूलो आवाज आउदा त्यही घटनाको याद आउछ ।

खसोखास अर्काइभबाट

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com