८ वर्ष उठेरै जीवन समाप्त भयो सुन्दरमालाको


प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार

अजङ्गको शरीरलाई सधैँ उभिएर थाम्न निकै सकस हुन्छ । त्यसमाथि प्राणीजगत्मा आरामका लागि प्रायः सुत्नु नै पर्छ त्यो पनि भुइँमा लम्पसार परेर । चितवन राष्ट्रिय निकुञ्जको एउटा अजङ्गको ढोईले सुन्दरमाला आठ वर्ष उठेरै बितायो । जब भुइँमा लड्यो, उसले आफ्नै जीवन नै समाप्त गर्यो ।

निकुञ्जको सौराहास्थित हात्तीसारमा रहेको सुन्दरमाला नामक हात्ती आठ वर्षदेखि कहिल्यै भूइँमा सुतेन । ऊ आफैँलाई बाँधेको खबारी (खाँबो) को सहारामा आड लगाएर निदाउने गथ्र्याे । भदौ २१ गते जब ऊ भुइँमा लम्पसार पर्याे, जीवनको अन्त्य पनि त्यही बेला भयो । सो ढोईको नौ वर्षयता रेखदेख गर्दै आएकी फनित मीना महतो सातआठ वर्षअघि एक दिन बसिरहेका बेला जङ्गली हात्ती ‘जिरे’ले हानेदेखि मृत्यु भएको दिनसम्म ऊ नबसेको बताउँछिन् । उठ्दाउठ्दै पछाडिका खुट्टा सुन्निएका थिए । महतोले भनिन्, “धान्न नसकेपछि जब हात्ती बस्यो, सोही दिन कहिल्यै नउठ्ने गरी जीवन समाप्त गर्याे ।” मृत्यु हुनु तीन दिनअघिसम्म हात्ती आहाराका लागि जङ्गल जाने गरेको उनले बताइन्।

विसं २००२ मा जन्मिएको भनिएको सो हात्ती भारतबाट ल्याइएको हो । महतो भन्छिन् “बडामहारानी, राजारानी चढ्ने हात्ती हो रे यो ।” निकै ज्ञानी भएकाले राजपरिवारले मन पराएको भन्ने आफूले सुनेको उनले जानकारी दिए। पोथी हात्ती सुन्दरमाला लामो समय निकुञ्ज सुरक्षामा खटिए पनि जीवनभर कहिल्यै सन्तान भने जन्माएन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठ कुनैकुनै हात्ती बसेपछि उठ्न नसक्ने डरले नबस्ने गरेको बताउँछन् । उनका अनुसार हात्तीको तौल चार हजार किलो हाराहारी हुन्छ । उनले भने“शरीर कमजोर हुँदै गएपछि उठ्न सक्दिन भन्ने ठानेरै हात्ती नबसेको होला ।” आफू बसेको बेला जङ्गली हात्तीले आक्रमण गरेकाले बस्दा फेरि आक्रमण हुने डरले पनि नबसेको हुन सक्ने आकलन गरिएको छ ।

निकुञ्जका विभिन्न ठाउँमा ५८ हात्ती छन् । विगतमा पर्यटकलाई घुमाउनसमेत प्रयोग हुने गरेका हात्ती पछिल्लो समय सुरक्षाका लागि मात्रै प्रयोग हुँदै आएका छन् । निकुञ्जमा अन्य सवारी साधन पुग्न नसक्ने ठाउँमा समेत हात्ती जाने भएकाले निकुञ्ज सुरक्षाका लागि हात्तीको निकै महत्वपूर्ण भूमिका रहेको पाइन्छ । निकुञ्जको हात्ती प्रजनन केन्द्रमा जन्मिएका छावालाई त्यहीँ तालीम दिएर सुरक्षामा परिचालन गर्ने गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुरुआती दिनमा भने भारतलगायत विभिन्न ठाउँबाट हात्ती किनेर यहाँ ल्याइएको हो । भीमकाय जनावर हात्ती पाल्न खर्च पनि निकै लाग्छ । हात्तीलाई धान र सख्खर मुछेर घाँसमा बेरी कुची तयार पारेर खुवाइन्छ ।  उसलाई घाँसे मैदान र जङ्गलमा चराउन पनि लगिन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com