न्युयोर्कमा काम गुमाएकाहरुको खातामा आगामी साता ९ सय डलर पठाइने


प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार

न्युयोर्कमा कोरोना महामारीका कारण काम गुमाएकाहरुले बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर आगामी साता प्राप्त गर्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुशार अगस्त १ को सातादेखि नै यो रकम प्राप्त गर्ने जनाइएको छ ।

केही राज्यहरुले उक्त रकम ६ साताका लागिमात्र प्राप्त भएको बताएका छन् । तर न्युयोर्कलाई संघीय कोषबाट उक्त रकम कतिसाताका लागि प्राप्त हुने भन्नेबारे अझै निश्चित छैन । झण्डै २४ लाख न्युयोर्कबासीहरु अतिरिक्त साप्ताहिक ३ सय डलरका लागि योग्य रहेको जनाइएको छ । उनीहरुलाई तीनसाताको ९ सय डलर पठाइनेछ ।

झण्डै ४ लाख ३५ हजारले भने उक्त रकम प्राप्त गर्नका लागि अतिरिक्त प्रमाणिकरण गर्नुपर्ने जनाइएको छ । त्यसका लागि भोलिदेखि अनलाइनमा नयाँ प्रणाली राखिने भएको छ । महामारीको समयमा न्युयोर्क राज्यले झण्डै ३५ लाखलाई झण्डै ४४ बिलियन डलर प्रदान गरिसकेको छ ।

अहिलेसम्म संघीय आपतकालिन व्यवस्थापन एजेन्सीले न्युयोर्कबासीहरुका लागि तीनसाताका लागि साप्ताहिक ३ सयका दरले रकम निकाशा गरिसकेको छ । अगस्त २, अगस्त ९ र अगस्त १६ को साताका लागि रकम निकाशा भइसकेको न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त रकमका लागि झण्डै २० लाख न्युयोर्कबासीहरु पहिले नै योग्य भइसकेका छन् । उनीहरुले यो रकम प्राप्त गर्नका लागि कुनै कदम चाल्नुनपर्ने र आगामी सातादेखि खातामा रकम पठाइने भएको छ । पहिले नै योग्य भइसकेकाहरुलाई डिपार्टमेन्ट अफ लेवरले इमेल वा टेक्स्ट मेसेज पठाएर जानकारी गराउने भएको छ ।

अरु ४ लाख ३५ हजारले भने अनलाइन वा फोनमार्फत सेप्टेम्बर ११ देखि अतिरिक्त प्रमाणिकरण गर्नुपर्ने भएको छ । अनलाइनबाट प्रमाणिकरण गर्नेहरुका लागि डिपार्टमेन्ट अफ लेवरले सेप्टेम्बर ११ मा डकुसाइनमार्फत इमेल पठाउनेछ । फोनबाट प्रमाणिकरण गर्नेहरुले ८३३ ४९१ ०६३२ मा फोन गरेर प्रमाणिकरण गर्नसक्नेछन् ।

सेप्टेम्बर १५ को बेलुका ५ बजेसम्म प्रमाणिकरण गरेकाहरुले आगामी साता तीनसाताको ९ सय डलर रकम प्राप्त गर्नेछन् । त्यो बाहेक अतिरिक्त साताका लागि रकम प्राप्त हुने नहुने भने निश्चित नभएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com