भोको पेटले जन्माएको ‘फूडबैंक’को कथा


प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार

– अस्मीता खड्का

भोकालाई भोजन, नांङ्गोलाई बस्त्र र सडक मानवलाई ओत लगाउँदै आएका सामाजिक अभियान्ता तथा शाकाहारी पार्टीका अध्यक्ष राधेश्याम खड्का अहिले फुडबैंक सञ्चालन गर्दै आएका छन् ।

लकडाउनपछि खाना लिएर पशुपतिक्षेत्रमा निस्किएका खड्का तीनदिनदेखि खाना नपाएका ७० जना भारतिय मजदूरलाई भेटे । जब उनले गाडीबाट खानाका प्याकेट निकाले, ती मजदूरहरु खाना खोसाखोस गर्नथाले । त्यो दृश्यबाट आहात भएका खड्का भारी मन लिएर घर फर्किए ।

उनीले पशुपतिको घटना सुनाउँदै भने- “त्यो दृश्यदेखेपछि निकै पीडाभयो,त्यसपछि सोचेँ यस्तो समस्या देशैभर हुनुपर्छ । यसमा मैले के गर्नु सक्छु होला, भन्ने सोच्दै जाँदा फूडबैंकको अवधारणा आयो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि नभएकाले लैजानुस्,भएकाले दिएर जानुस् भन्दै ललितपुरबाट शाकाहारी पार्टीले यो अभियान सुरु गर्यो ।

खानाखान सडकमा लाम लागेकाहरु ।

“नहुनेले लैजानुस्, हुनेले दिएर जानुस्” भन्ने नारासहित सुरुभएको अभियान रातारात देशभर फैलिएकोमा राधेश्याम खड्का निकै प्रफुल्ल छन् ।

खड्का बताउछन् “फूडबैंक मार्फत हामीले अहिले ४४ जिल्लामा खाद्यान्न वितरण गर्दै आएका छौँ, बिभिन्न ठाउँमा हरेक दिन २ हजार जनालाई खाना खुवाउँदै आईरहेका छौँ ।”

पशुपति,रत्नपार्क र कलंकी क्षेत्रमा खाना वितरणपछि सहयोगी मन र दयालु मानिसको कानसम्म अभियान पुग्यो । जसलाई युवाहरुले अहिले टोलटोलमा स्वतःस्फूर्त रुपमा फूड्बैक सञ्चालन गरेर खाद्यान्न वितरण गर्दै आएका छन् । दैनिक ज्यालादारीबाट आउने खर्चले घर चलाउने मजदूरहरुको लागि यो सबैभन्दा ठूलो सहयोग बनेको छ । यो कार्यलाई सबैतिरबाट निकै प्रसंशा गरिएको छ ।

अध्यक्ष खड्काका अनुसार फूडबैंक सञ्चालन गरेको सामाजिक सञ्जाल मार्फत धेरैभन्दा धेरै मनकारी मनसम्म पुग्यो । त्यसपछि उहाँहरुले आ—आफ्नो ठाउँमा स्वतःस्फूर्त रुपमा सुरु गर्नुभयो त्यसले धेरैठाउँमा भएका भोकालाई भोजन र चुलो भएकालाई खाद्यन्न सहयोग मिलेको छ ।

अहिले ठाउँ ठाउँमा सामाजिक अभियान्ता तथा दयालु मन भएका मानिसहरु खाद्यन्नका पोका बनाएर निशुल्क वितरणका लागि चोक चोकमा बसेको भेट्न सकिन्छ । अभियानको सुरुवात अध्यक्ष खड्काले आफ्नै खल्तीबाट गरेका थिए । अहिले यो अभियानमा धेरै युवाहरु लामबद्ध भएका छन् ।

खानेकुरा वितरणका क्रममा खड्का

चुल्हो नभएका भोका पेटहरुलाई निःशुल्क शाकाहारी खाना र चुलो भएकाहरुलाई खाद्यान्न चुल्होसम्म पुर्याउँदै आएका खड्काले मानव लगायत कुकुर,गाई, चराचुरुङ्गी जस्ता सम्पूर्ण प्राणीहरुलाई आफ्नै परिवारको सदस्यका रुपमा खाना खुवाउँदै आएको सुनाए ।

उनले जुन सोचेर यो अभियानको सुरु गरेका थिए,त्योभन्दा धेरै प्रभावकारी भएको बताउँदै भने – “अहिले टोल टोलमा युवाहरु अगाडि आएर दाल चामल वितरण गर्नुभएको छ, यस्तो देख्दा निकै आनन्द आउँछ, यो अभियानको मुख्य उदेश्य मानवमा करुणा जगाऔँ भन्ने थियो जुन सफल पनि भयो ।”

अध्यक्ष खड्का समाजसेवामा लागेको बर्षौ भैसक्यो । उनी काठमाडौँका सड्कमा मात्र होइन, देशका जनु कुनै ठाउँमा पनि अठ्यारोमा परेका मानिसको उद्धार गर्नका लागि हरेकपल तयार अवस्थामा रहेका हुन्छन् ।

सडक मानवलाई छत दिनका लागि उनी लगायतको टीमले आश्रम पनि सञ्चालन गरेका छन् । आश्रममा रहेका आमाबुबालाई खुवाउन अभियान्ताहरुले आफै उत्पादन गर्दै आएका छन् ।

उनका अनुसार कोरोना महामारीका कारण सडक मानवको संख्या बढेको छ । रोजगारी गुमेपछि कोठाको भाडा तिर्न नसक्ने मजदूर दाजुभाई धेरै जसो सडकमा भेटिन्छन् ।

“सुरुमा मानिसहरुको बढी आवत जावत हुने ठाउँमा खाना बितरण गर्यौ । कैयौँ मानिसहरु दुईतिनदेखि खान नपाएकाहरु भेट्यौँ, उहाँहरुको अबस्था हृदय विदारक छ । दैनिक ज्यालादारी गरेर खाने मजदुरहरु रोगले भन्दा भोकले मर्ने भए, त्यसैले सरकारले तोकेको सामाजिक दुरीकायम गर्दै खाना खुवाएका छौँ रोगलेभन्दा पहिला भोकले मर्न दिनुहुँदैन भन्दै फूड्बैकको अवधारण ल्याएको हो । एउटै टिमले सबैतिर बितरण गर्न सक्ने अवस्था हुँदैन । सुरुवात गर्यौँ भने मनकारी मानवले त्यसलाई पक्कै फलो गर्नुहुन्छ भन्ने आफैमा पूर्ण विश्वास थियो, त्यो भैरहेको पनि छ ”उनले भने ।

“हुन त महामारीको बेला जनताको रक्षा राज्यले गर्नुपर्ने हो,तर खै यस्तो देखिएन । भन्न त प्रधानमन्त्रीले बिस्तारामै सुति सुति खाना पुर्याउँछौ भन्नु भएकै हो । तर,यस्तो महामारीको बेला भोका जनता भेट्दा लाग्छ, उहाँको त्यो जोक मात्र थियो ।”

सडकमा आएपछि ह्युमपाइपभित्र बास

सातवटै प्रदेशमा खाद्यन्न वितरण गर्दै आएको शाहाकारी पार्टीले क्वारेन्टीनमा रहेकालाई फलफुल वितरण गर्नुका साथै क्यान्सर हस्पिटमा २३ हप्तादेखि निरन्तर रुपमा खाना खुवाउँदै आएको अध्यक्ष खड्काले सुनाए । यसको साथै हस्पिटलमा पुगेर ब्वड क्यान्सर भएका र मृगौला पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

कोरोनाको कहरबाट जन्मेको फूडबैकबाट ब्लड क्यान्सर भएका, मृगौला पीडितहरु र असहायहरुलाई खाना, खाद्यान्न र आर्थिक सहयोग गर्दै आएको खड्काको टोलीले उपत्यकाका तीनै शहरका चोक, मन्दिर र ट्राफिक केन्द्रहरू लगायतका स्थानमा फोहर व्यवस्थापनमा सहयोग पुगोस् भन्दै डस्टबीन समेत वितरण गरेको छ ।

सामाजिक सञ्जालको सही प्रयोग गर्यो भने राधेश्याम खड्काले जस्तो पुण्यको काम गर्न सकिन्छ । होइन भने हतकडी समेत लाग्नसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com