नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३५ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १४ हजार ४४८ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार १० जना रहेका छन् । होम आइशोलेशनमा ६ हजार ४३८ रहेका छन् । अहिले क्वारेन्टाइनमा ५ हजार ८०६ रहेका छन् । आज ११ हजार १४४ जनाको पिसिआर परिक्षण गरिएको छ ।
काठमाडौँ उपत्यकामा आज एकैदिन थप ५७२ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ४६४ जनामा संक्रमण देखिएको थियो ।