कुकुरलाई मालिकले ‘आई लभ यु’ भन्दा मुटुको चाल ४६ प्रतिशत बृद्धि


प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार

केनाइन कटेजले गरेको नयाँ अध्ययन अनुशार कुकुरको मुटुको चाल उसका मालिकले आई लभ यु भन्दा ४६ प्रतिशतसम्म बृद्धि भएको पाइएको छ । अध्ययनका क्रममा चारवटा भिन्न कुकुरलाई मुटुको चाल नाप्ने उपकरण लगाइदिएर परीक्षण गरिएको थियो ।

सातदिनसम्म गरीएको परीक्षणमा कुकुरहरु मालिकले के भन्दा र कस्तो गतिविधि गर्दा बढी उत्साहित हुन्छन् भन्ने परीक्षण गर्न खोजिएको थियो । उनीहरुकौ औषत मुटुको चाल ६७ बीपीएम रहेको थियो । जब उनीहरुलाई मालिकहरु नजिक आएर आई लभ यु भनेका थिए, उनीहरुको मुटुको चाल ४६ प्रतिशतसम्म बृद्धि भएर ९८ बीपीएम सम्म पुगेको थियो ।

जब ती कुकुरहरुलाई अँगालो हालिएको थियो, त्यतीबेला भने उनीहरुको मुटुको चाल घटेको थियो । त्यतीबेला उनीहरुको मुटुको चाल २३ प्रतिशतसम्म घटेको थियो । अर्थात् ६७ बीपीएमबाट ५२ बीपीएमसम्म झरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूरै विवरण यहाँ पढ्नुहोला ।

केनाइन कटेजले कुकुर मालिकको मुटुको चालसमेत मापन गरेको थियो । जब मालिकहरुले आफ्ना कुकुरहरुलाई भेटेका थिए, तब उनीहरुको मुटुको चाल औषतमा १० प्रतिशतले बढेको पाइएको थियो । भेटेनरी नर्स डाक्टर हिथर भेन्कटका अनुशार कुकुरहरुले आफ्ना भावना व्यक्त गर्न भिन्न भिन्न तरिकाहरु अपनाउने गर्छन् ।

जब कुकुर कसैको नजिक आएर बटारिन थाल्छ, काख र खुट्टामा आएर लुटपुटिन थाल्छ त्यतीबेला उसले माया व्यक्त गरेको हुन्छ । उनीहरुलाई सहज लाग्ने व्यक्तिसँगमात्र यसरी लुटपुटिन आउने गर्छन । कुकुरलाई भेट्नासाथ उनीहरुले पुच्छर अगाडि पछाडि हल्लाएको खण्डमा र उफ्रेको खण्डमा पनि उनीहरुले माया व्यक्त गरेका हुन्छन् ।

जब कोही कुकुरले कुनै खेलौना टोकेर तपाईसमक्ष ल्याउँछ, उसले तपाईलाई विश्वास गरेर तपाईसँग खेल्न चाहेको हुन्छ । जब कुकुर खुशीले तपाईका अगाडि उभिन खोज्छ, त्यतीबेला पनि उसले तपाईलाई विश्वास गरेको हुन्छ । त्यस्तै उनीहरु पीडामा भएको बेलामा खुट्टा उचालेर वा काखमा टाउको राख्न समेत आइपुग्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com