‘राजनीतिक जोडघटाउको संक्रमणले नेपाल कहालिलाग्दो रुपमा खोक्रिदै’


प्रकाशित मिति : भाद्र ५, २०७३ आईतबार

-अनुज थापा

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले राजनीति जोडघटाउको संक्रमणमै अल्झिंदा देश कहालिलाग्दो रुपमा खोक्रिदै गएको जिकिर गरेका छन् । नेपाल अमेरिका पत्रकार संघ ( नेजा) ले न्युयोर्कमा गरेको कार्यक्रममा रेग्मीले ज्यान जोखिमा राखेर कामदारहरुले विदेशबाट पठाएको रेमिट्यान्सले अर्थव्यवस्था धानेको स्थितीलाई गर्व गर्न नसकिने बताए ।

राजनीतिलाई परिवर्तित सन्दर्भमा सहि रेखामा हिंडाउन संविधान कार्यन्वयनको सवालमा देश र जनतालाई सर्वपरि राखी सबै राजनीतिक दलहरुले साझा धारणा बनाउन गम्भिरतापूर्वक सोच्न जरुरी भएको भन्दै यसका लागि ह्दयमा इमान्दारी, मस्तिष्कमा समझदारी र कांधमा जिम्मेवारी भएमा मात्र पुरा हुन सक्ने उनको धारणा थियो ।

पूर्व अध्यक्ष रेग्मी अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा अगष्ट १७ देखि १९ तारिखसम्म आयोजित मानवता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन गत साता न्युयोर्क आएका हुन्, जहां उनलाई अमेरिकाको वी केयर फर हुमानिटी (डब्लुसीएच)ले ‘एसियाज् डिग्नीटरी मेन अफ दी इयर’ सम्मान प्रदान गरेको थियो ।

फोटो :  दिपिका श्रेष्ठ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com