सेप्टेम्बरको अन्त्यदेखि चुनावसम्म फेसबुक र इन्स्टाग्राम निस्कृय बनाउनेलाई १२० डलर


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

फेसबुकले सेप्टेम्बरको अन्त्यदेखि नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावसम्म फेसबुक र इस्टाग्राम एकाउन्ट निस्कृय बनाउनेहरुलाई १२० डलरसम्म रकम दिने भएको छ । मतदानमा सामाजिकसञ्जालको प्रभावबारे जान्न यस्तो योजना ल्याइएको फेसबुकले जनाएको छ ।

फेसबुक प्रवक्ता लिज बर्गियसले ट्वीट गर्दै सर्वेक्षणमा भाग लिने वा फेसबुक एकाउन्ट निस्कृय बनाउने वा इन्स्टाग्राम एकाउन्ट निस्कृय बनाउनेलाई क्षतिपूर्ति दिइने बताएकी छिन् । यसमा २ लाखदेखि ४ लाख व्यक्तिले भाग लिने फेसबुकले अपेक्षा गरेको छ ।

प्रतिनिधिहरु र केही व्यक्तिलाई यो अध्ययनमा भाग लिनका लागि छनौट गरिने र सुचित गरिने फेसबुकले जनाएको छ । सम्भावित सहभागीहरुले फेसबुक वा इन्स्टाग्राममा त्यस्तो प्रकारको सुचना देख्नेछन् । यसमा अमेरिकामा हुनेलेमात्र भाग लिन पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विस्तृत जानकारी फेसबुकको यो सुचनामा उल्लेख छ ।

अमेरिकामा रहेका बयस्क जनसंख्यालाई लक्ष्यित गरेर यो अध्ययन गरिन लागेको हो । यो अध्ययनको निष्कर्ष अर्कोबर्ष सार्वजनिक हुने जनाइएको छ । यो रिसर्ज स्वतन्त्र डाटा वैज्ञानिकहरुले गरेको फेसबुकले जनाएको छ ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले गतविहिबार एउटा घोषणा गर्दै फेसबुकले चुनावको एकसाता अगाडिदेखि राजनीतिक विज्ञापन बन्द गर्ने बताएका छन् । अमेरिकी चुनावमा फेसबुकको विज्ञापनलाई उम्मेदवारहरुले ब्यापक रुपमा प्रयोग गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com