चुनावमा गैरसरकारी संस्थाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छः प्रमुख आयुक्त


प्रकाशित मिति : बैशाख १४, २०७४ बिहीबार

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस्थाका रुपमा नभई निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न अपिल गर्नुभएको छ ।

नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिसँग आज भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो – “गैरसरकारी संस्थाका प्रतिनिधिले निर्वाचन आचारसंहिताको परिधिमा रहेर आफ्ना गतिविधि र कार्यक्रम सञ्चालन गर्नुहोला ।

निर्वाचन शीर्षकमा नेपाली जनताको नाममा भएको रकम र सहयोगलाई मतदाता शिक्षामा सदुपयोग गर्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी निर्वाचनको समयमा कुनै दल विशेष र मतदातालाई प्रभाव पार्ने ढङ्गबाट नभई गैरसरकारी संस्थाको गरिमा बढाउने स्वतन्त्र र निष्पक्ष भूमिकामा रहन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो – “ समावेशी लोकतन्त्रलाई समाजका सबै समुदायले उपयोग गर्ने वातावरण बनाउन तथा निर्वाचनमा मतदान गर्नेमात्र नभएर स्वच्छ, स्वतन्त्र र भयरहित वातावरण बनाउने नागरिक समाज र गैरसरकारी संस्थाले जिम्मेवारी लिनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा २५४ अन्तर्राष्ट्रिय तथा ३९ हजार ६६२ राष्ट्रिय गैरसरकारी सङ्घसंस्था दर्ता रहेको सो अवसरमा जानकारी दिइयो । नेपालमा दर्ता भएका गैरसरकारी सङ्घसंस्थाले आर्थिक विकास, सामाजिक रुपमान्तरण, सुशासन, मानवअधिकार, शान्ति, महिला सशक्तीकरण, बालअधिकार, शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएका छन् ।

आयुक्त इला शर्माले लोकतन्त्रको पहिलो अभ्यास र जनताले आभास गर्ने विषय स्थानीय तहको निर्चाचनपछि मुलुकमा अभूतपूर्व रुपमा सशक्तीकरणको जागरण पैदा हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कानुन समाज, नेपाल चेम्बर्स अफ कमर्स, राष्ट्रिय अपाङ्ग महासङ्घसहितका सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित उक्त अन्तक्र्रिया आगामी निर्वाचनको सन्दर्भभा जारी भएको आचारसंहिताको पालन, मतदाता शिक्षा, निर्वाचन कानून, उम्मेदवार बन्न आवश्यक योग्यतालगायतका विषयमा केन्द्रित रहेको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com