छोरालाई कोरोना देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टिनमा
प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमणको पुष्टि भएको छ । छोरालाई संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन् ।
मन्त्रालयका अनुसार मन्त्री ढकाल तीन दिनअघिदिनदेखि होम क्वारेन्टिनमा बसेका हुन् । उनी स्वास्थ्यकर्मीको सुझावका आधारमा बाहिर निस्किने बताइएको छ । मन्त्री ढकालले क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको पनि बताएका छन् ।