पर्यटनमन्त्री भट्टराईद्वारा एसिड पीडित मुस्कानलाई आर्थिक सहयोग


प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । कक्षा ९ मा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले आफ्नो एक महिनाको पारिश्रमीक ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । साथै, खातुनको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने वचन दिएका छन् । घरबाट विद्यालय जाँदै गरेकी उनी माथि गत भदौ २० गते वीरगन्जमा दुई युवाले तेजाब प्रहार गरेका थिए । तेजाब प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com