बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता एकदिन ढिलो हुने


प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार

आवेदकहरुले यो साताको बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता एकदिन ढिलो प्राप्त गर्ने भएका छन् । न्युयोर्क डिपार्टमेन्ट अफ लेवरका अनुशार आवेदकहरुले यो साताको रकम सोमबार प्राप्त नगरी मंगलबार प्राप्त गर्नेछन् ।

सोमबार लेबर डेको अवशरमा विदा भएकाले बैंकहरु बन्द हुँदा रकम प्राप्त गर्न एकदिन ढिलो हुने भएको हो । खासगरी आइतबार वा सोमबार साप्ताहिक प्रमाणीकरण गर्दै आएकाहरुका सन्दर्भमा यो लागु हुनेछ ।

यसबारेमा डिपार्टमेन्ट अफ लेवरमा सम्पर्क गर्न आवश्यक नभएको जनाइएको छ । रकम ढिलो भयो भनेर फोन गर्नुको साटो एकदुई दिनपछि बैंक एकाउन्ट चेक गर्न न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले व्यवस्था गरेको साप्ताहिक ३ सय डलर न्युयोर्कमा कहिलेसम्म प्राप्त हुनेभन्नेबारे अहिलेसम्म केही बताइएको छैन । फेमाले यो रकम स्वीकृत गरिसकेपनि न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले प्राप्त गरे नगरेको पनि केही बताइएको छैन ।

न्युयोर्कमा बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकम पाइरकेका सम्पूर्ण रुपमा वा आंशिक रुपमा काम गुमाएकाहरु यो रकमका लागि योग्य हुने बताइएको छ । यो रकम अगस्त १ देखिकै साताबाट प्राप्त हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com