सन्तुलितरुपमा जडिबुटिको प्रयोग गर्न कोरोना संक्रमितलाई विज्ञको सुझाव


प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार

कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव छ । बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुरलगायत जडिबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमताअनुसार मात्रा मिलाएर प्रयोग गर्न उनीहरुले सुझाएका हुन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीसँगै नेपाललगायत विभिन्न मुलुकमा जडिबुटी एवं आयुर्वेदिक औषधिको प्रयोग बढेको छ । मानिसले घरघरमा यसको आफूखुसी प्रयोग गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आफूखुशी जडिबुटीको प्रयोग गर्नु उचित नहुने बताउँछिन् । उनका अनुसार आयुर्वेदमा आहार द्रव्य ९खानाको रुपमा० र औषध द्रव्य (औषधिको रुपमा) यसको प्रयोगको स्पष्ट भिन्नता दिइएको छ । खानामा मसलाको रुपमा प्रयोग गरिने बेसार, अदुवा, टिमुर, मरिच मौसम, परिकारको गुण परिणाम, भौगोलिक परिवेश, हावापानी, व्यक्तिको प्रकृति, रोग अवस्थाअनुसार मात्रा विचार गरेर प्रयोग गर्नुपर्ने उनी सुझाउँछिन् । सामान्य रुपमा तरकारी, दाल, अचार, चियामा गर्मी ठाउँमा कम र चिसो ठाउँमा ठिकै मात्रामा यस्ता मसलाजन्य जडिबुटीको नियमित प्रयोग गर्न सकिन्छ ।

उनका अनुसार बेसार उचित मात्रामा प्रयोग गरेमा छालाको रोग, नाकको एलर्जी, घाँटीको सङ्क्रमण, ब्रोङ्काइटिस, नेत्राभिष्यंद (आँखा पाक्ने), जीर्ण व्रण (पुरानो घाउ खटिरा), ढुसीजन्य सङ्क्रमण, क्यान्सर विरुद्ध लड्ने क्षमता बढाउने काम गर्दछ । विभिन्न अनुसन्धानबाट पुष्टि भएअनुसार हरिद्रा (बेसार) को प्रयोग हेपाटाइटिस बि भाइरस, रेस्पिरेटरि सिनसाइटल भाइरसविरुद्ध प्रभावकारी रहेको पाइएको उनले बताइन् । उनले भनिन्, “यसमा विशेष गरी कर्कुमिन (रासायनिक तत्व) लगायत रासायनिक सक्रिय तत्वको मुख्य भूमिका रहेको हुन्छ । जसले शरीरमा भाइरसको वृद्धि एवं प्रभावलाई निस्तेज पार्दछ ।”

पित्त थैलीको पत्थरी भएका, एस्पीरिन, वार्फारिनको नियमित सेवन गर्ने व्यक्तिले बेसारको सेवन सावधानीपूर्वक कम मात्रा गर्नुपर्ने उहाँको सुझाव छ । त्यसैगरी पित्त प्रकृति (गर्मी शरीर) हुने व्यक्तिले बेसारको प्रयोग कम मात्रामा गर्नुपर्ने उनको भनाइ छ । सामान्यता नेपालीको खानामा प्रयोग गरिने बेसारले शरीरलाई आवश्यक पर्ने मात्रा पुग्ने गरेको उनले बताइन् । त्यसबाहेक राति सुत्नु अगाडि तातो दूधमा एक ग्राम बेसार राखेर पिउनु राम्रो हुने उनको भनाइ छ । यसरी पिउँदा बढीमा २१ दिनसम्म मात्र पिउनु राम्रो हुने अधिकारीले सुझाव दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुर्जो विशेषतः रसायन एवं शरीरमा बल दिनको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि प्रयोग गरिने उनको भनाइ छ । तीर्खा लाग्ने, घाउखटिरा, मधुमेह, रुघाखोकी, दम, एनिमिया, जण्डिस, छालाको रोग, युरिक एसिड, ज्वारोलगायत अन्य रोगमा आवश्यकताअनुसार प्रयोग गरिन्छ । समय समयमा देखापर्ने डेङ्गु ज्वरो, स्वाइन फ्लु, एवं अन्य भाइरसजन्य रोग (रुघा, खोकी, ज्वोरो), रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टीभाइरल विरुद्ध यसको प्रयोग गरिने उनको भनाइ छ । उनले भनिन्, “यो आफैँमा मधूमेहको औषधि भएकाले रगतमा चिनीको मात्रा कम भएका र सुगरको औषधि खाइरहेका व्यक्तिहरुले चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र गुर्जोको सेवन गर्नु उपयुक्त हुन्छ । लामो समयसम्म प्रयोग गर्दा यसले उच्च रक्तचाप कम हुने सम्भावना रहन्छ ।”

पाँच ग्राम गुर्जोको चूर्ण पानीमा उमालेर मिश्री मिलाएर चियाको रुपमा पिउन सकिन्छ । उनले भनिन्, “ताजा गुर्जोको रस २०–२५ मिलिग्राम दिनमा एकपटक र ताजा गुर्जोको डाँठ थिचेर साँझ पानीमा भिजाएर मिश्री मिलाएर राख्ने बिहान छानेर ५० मिलिग्राम पिउने गर्नाले फाइदा हुने गर्दछ ।” यसरी खाँदा पनि २१ दिनसम्म मात्रै सेवन गर्नु उत्तम हुने उनको भनाइ छ । तुलसी, ज्वानो, टिमुर, अदुवा जस्ता जडिबुटी रुघा, खोकी, ज्वोरो, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टी भाइरल विरुद्ध प्रयोग गर्न सकिने भए पनि यसको सेवन मात्रा मिलाएर सात दिन मात्रै गर्नुपर्ने उनको सुझाव छ । टिमुर र अदुवा पाइल्स, फिसरको रोगी, पित्त प्रकृतिको व्यक्तिले सेवन गर्न नहुने उनले बताइन् ।

आयुर्वेदका चिकित्सक पि एन भुसाल जेसुकै पनि मात्रा मिलाएर नखानु मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन् । उनले बेसार, गुर्जोलगायत जडिबुटी मात्राअनुसार मात्रै प्रयोग गर्न सुझाव दिइन् । औषधिका रुपमा प्रयोग गरिने जडिबुटीको प्रयोग जथाभावी धेरै मात्रामा गरेमा त्यसको नकारात्मक प्रभावहरु देखिने उनले बताइन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com