प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनाव र संविधान संशोधनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुको बैठक बोलाइएको जनाईएको छ ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले बिहीबार संघीय गठबन्धनका नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन् भने बैठकमा संसद सञ्चालन र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको जनाईएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षमान पुन र संघीय गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए ।
बैठकमा संविधान संशोधन विधेयकलाई द्रुतमार्गबाट पारित गर्ने सहमति भएको जनाईएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।