अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले दिए राजीनामा


प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।  शुक्रबार मन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले आज नै राजीनामा दिने जानकारी गराएका थिए । बिहीबार बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको हो ।

शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिएको खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरेका थिए । त्यसपछि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि कर्मचारीसँग बिदाइ भएका थिए ।

उनले आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको बताएका छन् । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई उनले सफल निर्णय मानेका छन् । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको उनको भनाई थियो ।

राष्ट्रिय सभा सदस्यका लागि उनको कार्यकाल पूरा भएपछि पनि ६ महिना उनी मन्त्री भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com