नेपाली श्रष्टाका अङ्ग्रेजी र अनुदित रचना प्रकाशनार्थ अमेरिकाबाट ‘द गोर्खा टाइम्स’


प्रकाशित मिति : भाद्र १८, २०७७ बिहीबार

नेपाली श्रष्टाका अङ्ग्रेजीमा लेखिएका र अनुवाद गरिएका रचना प्रकाशित गर्ने उद्देश्यले अमेरिकाबाट साहित्यिक अनलाइन ‘द गोर्खा टाइम्स’ सुरु भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुनकुमार कार्कीले भर्चुअल कार्यक्रममा अनलाइनको उद्घाटन गरे ।

अनलाइनमा सिर्जनाका अतिरिक्त समालोचाना, विचार, बालसाहित्य, श्रष्टा र कलाकार विशेष, साहित्यिक समाचार तथा अन्तरवार्ता प्रकाशित गर्ने ‘द गोर्खा टाइम्स’ की परिकल्पनाकार तथा सल्लाहकार नीलम कार्की निहारिकाले बताइन् ।

नेपाल, भारत, अमेरिका, अष्ट्रेलिया, जापान, र रसिया जस्ता भिन्न–भिन्न राष्ट्रहरूबाट धेरै साहित्यिक व्यक्तित्वहरुले अनलाइनको उद्घाटनमा भर्चुअल उपस्थीति जनाए ।

नेपाली साहित्यलाई देखिने न सुनिने बनाउनका लागि आवश्यक पूर्वाधारको अभाव देखिएकोले उक्त अभावको परिपूर्तिका लागि अनलाइनको सुरुवात गरिएको प्रधान सम्पादक महेश पौड्यालले बताए ।

‘द गोर्खा टाइम्स’ का सल्लाहकार डाक्टर गोविन्दराज भट्टराई र मनप्रसाद सुब्बाले यो अनलाइनले विश्व साहित्य र नेपाली साहित्यबीच विद्यमान खाडल पुर्न सक्ने विश्वास व्यक्त गरे ।

सल्लाहकार बार्बरा अजिज निम्रीले छरिएका नेपालीका भावना एकै ठाउँ ल्याउने बताइन् । सम्पादक हिमांशु कुँवरले आफूजस्तै दोस्रो पुस्ताका आप्रवासी नेपालीलाई घरदेशसँग जोडन् यो अनलाइन सहयोगी हुने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गीता खत्रीले संस्थाको तर्फबाट शुभकामना दिँदै पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा ‘द गोर्खा टाइम्स’का सल्लाहकार डाक्टर राम्जी तिमल्सिनाले धन्यवाद मन्तव्य प्रस्तुत गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com