भेनेजुएलाको कारागारमा १२ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख १४, २०७४ बिहीबार

भेनेजुएलाको एउटा कारागारमा भएको हिंसाका क्रममा मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने, अन्य ११ जना घाइते भएका छन् ।
पूर्वीप्रदेश अन्जोआटेगुईमा रहेको जेसो अन्टोनीओ अन्जोअटेगुई कारागारबाट भाग्नेक्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।
निजी क्षेत्रबाट प्रकाशित हुदै आएको एल युनिभर्सल नामक दैनिक पत्रिकाले कैदीहरु र सुरक्षा गार्डहरुका बीचमा भएको भिडन्तमा उनीहरुको मृत्यु भएको जनाएको छ ।
मङ्गलबार दिउसो १ बजेदेखि बेलुका ६ बजे सम्म भिडन्त चलेको पत्रिकाले लेखेको छ । कैदीहरुले कारागार नै नियन्त्रणमा लिन खोजेपनि भिडन्त भएको बताइएको छ ।
कारागार भित्र रहेका इल बालु, इल यान र कासानोभा नामका कैदीहरुको समुहले कारागारमा हिंसा भड्काएको र उनीहरुको मृत्यु भएको पत्रिकाले जनाएको छ ।
भेनेजुएलाका कारागार मामिला मन्त्री आईरिस भारेलाले ९ जना गोली लागि मरेका्, दुई जना औषधीको अत्याधिक प्रयोग र एक जनाको कुटाईका कारण मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँले अरु १० जना घाइतेलाई अदालतमा बुधबार देखिएको बताउनु भयो । उनीहरुलाई कारागारमा हिंसा भड्काउन जिम्मेबार रहेको भन्दै अदालतमा लगिएको बताइएको छ ।
मन्त्री भरेलाले राष्ट्रपति निकोलास मदुरोकाविरुद्धमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले कैदीहरुलाई ५० हजार अमेरिकी डलर दिएर हिंसा भड्काउन उक्साएको आरोप लगाउनु भएको छ ।
मदुरोविरुद्धमा विगत चार हप्तादेखि भईरहेको प्रदर्शनका क्रममा अहिले सम्म झण्डै दुई दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भईसेकेको छ । प्रदर्शनकारीहरुले देशका अन्य सहरहरुमा पनि प्रदर्शन गरेका छन् । रासस÷सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com