प्रदेश ५ का ४ कोरोना अस्पताललाई ५८३ जनशक्ति र ४ करोड बजेट


प्रकाशित मिति : भाद्र १८, २०७७ बिहीबार

प्रदेश ५ सरकारले प्रदेशका ४ वटा मुख्य कोभिड अस्पतालमा ५ सय ८३ जना कर्मचारी राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अस्पतालको लागि आवश्यक तलबभत्ता स्वरुप ३ करोड ९६ लाख ३२ हजार २८० रुपैंयाँ निकासा गर्ने निर्णय गरेको हो । जुन तीन महिनाका लागि करारमा नियुक्त हुने जनशक्तिले प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीले पाए सरहको सेवा सुविधामा खर्च हुनेछ ।

मन्त्रिपरिषद्को बैठकले ४ वटा कोरोना अस्पतालमा उपकरण समेत थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखानामा आइसियू १८, एचडी बेड २०, आइसोलेन वेड ३६ गरी कुल ७४ बेड रहने त्यसका लागि १ सय ८९ जना जनशक्ति राख्ने भएको छ ।यस्तै मन्त्रीपरिषद्ले भीम अस्पताल भैरहवामा आइसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ रहने त्यसका लागि ७१ जना जनशक्ति, केन्द्रीय आर्युवेद बेलझुण्डी दाङमा आइसियु १०, एचडि बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहने त्यसका लागि १ सय ७१ जनशक्ति राख्ने निर्णय गरेको छ । त्यसैगरि प्रदेश सरकारले भेरी अस्पताल बाँकेमा आइसियू १०, एचडि बेड ३० र आइसोलेसन बेड २० गरी ६० रहने र त्यसका लागि १ सय ५२ जना जनशक्ति राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले लुम्बिनी प्रादेशिक बुटवल १ करोड ७५ लाख ११ हजार ९ सय ६०, भीम अस्पताल भैरहवा ६४ लाख ४७ हजार ९ सय ६०, केन्द्रीय आर्युवेद बेलझुण्डी १ करोड ५६ लाख ७२ हजार ३ सय ६० र भेरी अस्पताल बाँके १ करोड ४० लाख ७२ हजार ६ सय ४० गरी कुल ३ करोड ९६ लाख ३२ हजार २ सय ८० निकासा गर्ने निर्णय गरेको छ ।

प्रदेश निजामति सेवा अन्तर्गत स्वास्थ्य सेवा र इञ्जिनियरिङ सेवाका रिक्त पदहरुमा खुला प्रतियोगिता मार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेको छ । जसमा इञ्जिनियरिङतर्फका ५३ र स्वास्थ्य सेवा तर्फका ७२ जना रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इञ्जिनियरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल ५,सिंचाई ८, सेनेटरी १ विल्डिङ आर्किटेक्टर १३, मेकानिकल ५, इञ्जिनियर सिभिल २, हाइड्रो जिओलोजिस्ट १ जना गरी ५३ जना रहेका छन् । यस्तै स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकीकरण सम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरि मन्त्रिपरिषद्को बैठकले भूमिगत जल सिचाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७, विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले प्रस्तावित नेत्रलाल अभागी रंगशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com